स्वास्थसंग जोडिएको पर्व जितिया

  • असोज १५, २०७५
  • १६२५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

भारती गुप्ता । नवसंग्राम दैनिक लहान । जितिया महत्वपूर्ण पर्वको रुपमा रहेको छ । यो पर्वमा एक दिन पहिलेदेखि नै महिलाहरुमा रौनकता बढ्छन् । विहान यस पर्वको लागि नुहाउंने गर्छन् । अनि मात्रै खाने गरेको हुन्छ । दोस्रो दिन गाउंघरको छेउमा रहेको पोखरीमा गएर नुहाउंदै घिरौलाको पातमा सरसोको तेल खैयर मिलाएर भगवान जितवाहनको पूजा गर्छन् । पोखरीबाट घर फर्किएर कोदोको रोटी र माछा खाने चलन रहेको छ । तर, कतिले माछा मन नपराउंनेले कोदोको रोटी मात्रै खाएर मनाउंने गर्छन् । त्यसपछि वर्तालु महिलाहरुले राती ३ बजेसम्म फेरी घिरौलाको पातमा दही च्युरा अमोट तथा मिठाईहरु जितवाहनलाई चढाउंने गर्छन् । जितवाहनलाई चढाइएको पर्साद केही छिनपछि वर्तालुले खान्छन् र आफ्ना बालबच्चालाई समेत खान लगाउंछन् । सोही दिनलाई ‘धिआपुताके ठोक सुतावही अपना खाई भोर थारी’ भने कहावत समेत रहेको छ । त्यसपछि तेस्रो दिन निराहर वर्त बस्ने गर्छन् । त्यही दिन चार बजेतीर नजिकको जलासय तथा नदीमा पुग्ने गर्छन् । त्यहां विभिन्न किसिमको फलफुल तथा बेलपत्र र चामल केराउ दानालगायत खेतवारीमा उब्जाउ गरेको बाली राख्ने गर्छन् । अनि मात्रै पुजा गर्दै महिलाहरु समूहगत रुपमा जितिया पर्वको कथा वाचन गर्छन् । त्यस कथामा चिल्लो स्यारो (चिल र स्याल) को वारेमा चर्चा गर्छन् । त्यसपछि तेस्रो दिनको आधारमा पारन गर्छन् । पारनका दिन केराउका दाना , खिरा (काक्रो) र चामल खाने गर्छन् ।

अनि जितिया पर्व समापन हुन्छ । जितिया पर्वको कथा

Related image

कैयौ बर्ष पहिलेदेखि यो कथाको आधारमा महिलाहरु जितिया पर्व मनाउंने गर्छन् । एक दिनको कुरा हो । जितिया पर्व गर्नको लागि नुहाईखाई दिन महिलाहरुको एक समूह नदिमा गएको थियो । जब नदिमा नुहाउंन लागियो । त्यहां चिल्लो र स्यालो पनि हेरिरहेको थियो । उनीहरु साथी थिए । महिलाहरु जसरी नदीमा नुहाउंन लागियो त्यसरी नै तिनीहरु पनि नुहाउंन थालियो । महिलाहरुले घिरौलाको पातमा तेल खैयर चढाइयो । उनीहरु पनि तेल खैयर चढाइयो । महिलाहरु पुजा गरेर घर फर्कियो अनि चिल्लो र स्यालो पनि फर्कियो । चिल्लो रुखमा चढियो अनि स्यालो रुख मुनी बसियो । उता, महिलाहरु दोस्रो दिन निराहर वर्त बस्दा चिल्लो स्यालो पनि सोही अनुरुप आफ्नो बासस्थानमा बसियो । त्यही दिन एक राजाको छोराको मृत्यू भएको थियो । त्यो लाशलाई नदिको छेउमा गाडिएको थियो । चिल्लो चाही रातभरी निराहर वर्त बसियो । उता, स्यालो चाही रुखमुनी बसेका थियो । स्यालो वर्त बस्न सकिएन । स्यालो लाशलाई कोरेर खायौ । चिल्लो निराहर वर्त बसियो । केही समयपछि दुवै (चिल्लो स्यालो)को सन्तान जन्मिन्छन् । स्यालोको सबै सन्तानको अकाल मृत्यू हुन्छ । अनि चिल्लोको सन्तान सबै बाच्छन् । एक साथीको बच्चाको मृत्यू र अर्का साथीको बच्चा जिउंदो बाच्ने गरेकोले एकआपसमा विवाद हुने गर्छन् । स्यालोलाई आफ्नो सन्तान मृत्यु भएको कारण चिल्लोमाथी शंका गर्न थाल्छन् । चिल्लोलाई बोक्सीको आरोप लगाउंन थाल्छन् । अनि सधैं विवाद हुने गर्छन् । विवाद समाधनको लागि पंचायत बस्छन् । पंचहरुले तिनीहरुको झगडाको रहस्य के हो ? भनेर प्रश्न खोज्न थाल्छन् । स्यालोले आरोप लगाउंछन् चिल्लो बोक्सी हो । मेरो सबै सन्तानलाई खाइदिन्छन् । त्यसपछि पंचहरुले भने तिमी दुवै जना भोमिट गर । त्यसपछि सबैलाई थाहा हुन्छ । चिल्लोले चामल र केराउको दाना ओकलियो । स्यालोले लाश खाएको मासु ओकलियो । यसरी वर्तको दिन निराहर बसेका चिल्लोका सन्तान जिवित रहियो र स्यालो पर्व गरेपनि लाशको मासु खाएकोले उनको सन्तानको मृत्यु भएको पंचहरुले ठहर गरियो । वर्त बसेर पनि नित नियम पालन नगरेकोले सन्तानको मृत्यू भएपछि यो पर्वलाई निष्ठाको रुपमा मनाउंन थालियो । निष्ठा पूर्वक पर्व मनाउंनेका सन्तानहरु बाच्ने गरेकोले नै महिलाहरुले पनि सोही दिनदेखि महत्वपूर्ण रुपमा जितिया पर्व मनाउंन थालेको छ ।

Image result for photo of jitamahan in nepal

जितवाहनको मुख्य कथा राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए । त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ । महिलाहरुले आफ्ना छोराछोरीहरुको अल्पायुबाट बचाउंन यो जितिया पर्वलाई महत्वका साथ मनाउंने गर्छन् । चालिस बर्षदेखि जितिया पर्व गर्दै आएकी लहान ७ की जानकी चौधरी भन्छीन् —‘म सबै पर्व भन्दा जितिया पर्व महत्वका साथ मनाउंछु । किनकी यो पर्वले मेरा सन्तानको रक्षा गर्छन् ।’ ‘यसैले महिलाहरु निरहार वर्त बसेर आफ्नो सन्तानको दीर्घायुको लागि कामना गर्छन् ।

चिल्लो स्यालोको कथामा चिल्लोले निराहर वर्त बसेकोले उनी स्वस्थ भएको कारण उनका बच्चाहरु मृत्यु हुनबाट बाचियो । तर, स्यालोले सडेगलेको लाशको मासु खाएकोले विभिन्न किटानु र रोग प्रवेश गरेको थियो । जसले स्यालोको शरिर स्वस्थ नभएकोले उनका बच्चाहरुको मृत्यू भएको वैज्ञानिक आधार स्पष्ट हुन्छ । स्वास्थ्य नै धन हो । स्वस्थ जीवन सुखमय जीवन हो । आजको समयमा पनि सडेगलेको खाना खाएमा शारिरीक समस्या हुने गर्छन् । सडेगलेको खाने मानिसको शरिर अस्वस्थ हन्छ अनि बोक्सी गरेको आरोप लगाउंने चलन छ । यसैले अन्धविश्वासमा लाग्नु हुंदैन । स्वस्थ र सफा खानाको प्रयोग गर्नुपर्छ । अनि दीर्घायु जीवन बाच्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक प्रकोप बाट ...

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, र ...

बरिष्ठ फिजिसियन डा. ...

रहमुल लहान ५ कार्तिक मोरङको विराटनगर–११, महेन्द्र चोक स्थित पारस मल्टिस्पेशालिटी अस्पताल प्रा. ...

जसपा नेपाल सखुवानन्क ...

ओम प्रकाश यादव लहान ४ मंसिर सिरहाको सखुवानन्कारकट्टी गा.पा. ४ सखुवा गाउँको रामजानकी मन्दिर प्राङ्गणम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१