Siraha Times
ताजा समाचार

शान्ती सुरक्षामा अहम भुमिका निर्वाह गर्ने प्रहरी उपरीक्षक देउवाले गरे ठोकुवा

  • माघ ४, २०७८
  • १३३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, ४ माघ / जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने बताएका छन । शान्ती सुरक्षाको साथ साथै सीमाबाट हुने अबैध कृयाकलापका र प्रहरी-सर्वसाधारण बिच रहेका बिचौलिया समुहलाइ समेत सखाप गरि अहम भुमिका निर्वाह गर्नबाट पछि नहटने बताउनु भएको हो । मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाराले आयोजन गरेको चियापान कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जिल्लाको शान्ती सुरक्षाको बिषयमा कुनै राजनीति दबाबमा नपरी निस्वार्थ भावनामा हिडने बताउनु भयो । आफ्नो संगठनको नीति र निर्देशन अनुसार आफ्नो कार्यको पालना गर्ने बताउदै पत्रकारहरूको समाचार संकलनमा हुने गरेको हस्तक्षेपको बिषयमा समेत ध्यान पुर्याउने बताउनु भयो ।

प्रहरी र सर्वसाधारण बिचको सहकार्यको निम्ति प्रयोग हुँदै आएको बिचौलियालाई समेत पूर्ण रूपले हटाइएको प्रहरी उपरीक्षक देउवाले बताउनु भयो । सर्वसाधारणले कुनै बेला, कुनै किसिमको प्रहरी सेवा खोजेको खन्डमा बारा प्रहरी जति खेरपनि सेवाको लागि तत्पर हुने बताउनु भयो । कुनै किसिमको अपराधी क्रियाकलापमा राजनीति हस्तक्षेप हुन नदिइ कानून बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक देउवाले ठोकुवा गर्नुभयो । कार्यक्रममा बारा जिल्लामा हुने गरेको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने गरेको तस्करी लगायत जिल्लाको शान्ती सुरक्षाको बिषयमा पत्रकारहरूले आ-आफ्नो गुनासो गरेका थिए । कार्यक्रममा पत्रकार उमेश दुबे, राकेश पान्डे, अनिल पान्डे, धिरेन्द्र तिवारी, नरेश गुप्ता, रामबाबु मेहता लगायत दर्जनौ पत्रकारहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१