ताजा समाचार

सिरहा : शिक्षा इकाई प्रमुखको एकलौटी बर्चस्वले जिल्लाको शिक्षाक्षेत्र तहसनहस भएको आरोप

  • माघ ४, २०७८
  • १३५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ४, माघ । शिक्षा विकास तथा समन्वय इकाई सिरहामा व्यापक रुपामा भ्रष्टाचार र अनियमितता भैरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिती सिरहाले जनाएको छ । संगठनमा आवद्ध शिक्षकहरूले सोमबार सिरहाको नेपाल रेडक्रस सोसाइटी चोहर्वामा गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख शशी कुमार यादव हाजिरी भएको दिनदेखि जिल्लाका शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । 'शिक्षामा सिरहा जिल्लाको अवस्था दिनानुदिन खस्किरहेको छ।, यसमा धेरैकारण तत्वहरु छन् ।, त्यस मध्ये प्रमुख कारक तत्व इकाई प्रमुख यादव रहेको जारी बिज्ञप्तिमा लेखिएको छ । इकाई प्रमुख यादवले विधि प्रक्रिया विपरित शिक्षकहरुलाई जिल्लान्तर आन्तरिक सरुवा गरेको , कक्षा ९ का रजिस्ट्रेशन र कक्षा १० को एसईई फर्म बापत प्रती विधार्थी रु २० को दरले लाखौं रकम असुली गरी दुरुपयोग गरेको , विभिन्न प्रकारको सरुवा बापत दाखिला गर्नुपर्ने राजस्व शुल्क दुरुपयोग गरेको , दर्ता चलानी फेर्ने र लुकाउने गरेको , नियम विपरित इकाईमा कर्मचारी भर्ना , वालविकास कोटाहरु वितरणमा व्यापक अनियमितता लगायतका आरोपहरु उनिहरुका छन् ।

जिल्लामा शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम जारी रहेको शिक्षकहरुले बताएका छन् । इकाईमा भैरहेको भ्रष्टाचार र बेतिथी अन्त्य गर्न सरोकारवाला राज्यपक्षबाट सत्यतथ्य छानबिन गर्नुपर्ने , भ्रष्टाचगरीलाई आवश्यक कानुनी कार्वाही गर्नुपर्ने लगायतको माग छ । माग पूरा नहुन्जेल सम्म आन्दोलनका कार्यक्रम जारी नै रहने आ. वि. लरकनहाका प्रधानाध्यापक शिवराज यादवले बताए । संगठनका जिल्ला अध्यक्ष समेत रहेका शिवराज यादव सहित २३ जनाले संगठनबाट सामुहिक रुपमा राजिनामा दिएका छन् । केन्द्रले राजिनामा स्वीकृत नगरेपनि कार्यसमितिका सम्पुर्ण पदाधिकारी , सल्लाहकार लगायतका शिक्षकहरुले संगठनबाट राजिनामा दिएको बताए । जिल्लामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले आन्दोलनका कार्यक्रम जारी रहेको शिक्षकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤