ताजा समाचार

मधेश प्रदेश पूर्वी मधेश र पश्चिम मधेश घोषणाको माग

  • माघ ४, २०७८
  • ८४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ३ माघ । प्रदेश २ को ८ जिल्लालाई मधेश प्रदेश घोषणा गरेपछि अन्य जिल्लाका मधेशीलाई कहाँ अटाउँने ? व्यापक प्रश्न उठ्न थालेको छ । अन्य १४ जिल्लाका मधेश मधेशीको पहिचानको लागि पूर्वी मधेश र पश्चिम मधेश घोषणा गर्न माग उठ्न थालेको छ । यता, प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार भएको मतदानबाट स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो । मतदानमा ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले बताए । प्रदेश सभामा रहेका कुल १०४ जना सांसद सङ्ख्याको दुई तिहाइ मत भएकाले जनकपुरधाम स्थायी राजधानीको रूपमा दुई तिहाइ बहुमतले पारित भएको यादवले बताए । जनकपुरधामको प्रस्ताव पारित भएपछि राजधानीको अन्य प्रस्ताव स्वतः अस्वीकृत भएको छ । राजधानी जनकपुरधामको विपक्षमा २१ मत खसेको थियो । राजधानी र नाम पारित कायम भएपछि मधेस प्रदेश सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गरेको थियो । प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤