ताजा समाचार

नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा २ जना पक्राउ

  • माघ ३, २०७८
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट, नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा राजदेवी नगरपालिका-९ बस्ने २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका-५ ब्रहर्वा पुल नजिक राणा रौशन सिंहको जय शिव शक्ति अटोमोबाईल पसल र सो पसल नजिक गोदाममा विभिन्न कम्पनीको लोगो प्रयोग गरी झुक्यानमा पारी बाहिरबाट सो कम्पनीको मोबिल तथा मोटरसाईकलका पार्टसहरु ल्याई भण्डारण गरी कालो बजारी गरेको भन्ने सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको पसल तथा गोदामबाट प्रहरीले ३ हजार बट्टा मोबिल, २ सय लिटरका २ ड्रम खुल्ला मोबिल र ९ वटा खाली ड्रम बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । copid nepalpolice

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤