नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा २ जना पक्राउ

  • माघ ३, २०७८
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट, नक्कली मोबिल बनाई विक्री गरेको अभियोगमा राजदेवी नगरपालिका-९ बस्ने २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका-५ ब्रहर्वा पुल नजिक राणा रौशन सिंहको जय शिव शक्ति अटोमोबाईल पसल र सो पसल नजिक गोदाममा विभिन्न कम्पनीको लोगो प्रयोग गरी झुक्यानमा पारी बाहिरबाट सो कम्पनीको मोबिल तथा मोटरसाईकलका पार्टसहरु ल्याई भण्डारण गरी कालो बजारी गरेको भन्ने सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको पसल तथा गोदामबाट प्रहरीले ३ हजार बट्टा मोबिल, २ सय लिटरका २ ड्रम खुल्ला मोबिल र ९ वटा खाली ड्रम बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । copid nepalpolice

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१