प्रदेश २ को नाम मधेस, राजधानी जनकपुरधाम

  • माघ ३, २०७८
  • ११६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर — प्रदेश २ को नाम मधेस नामकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकबाट २ तिहाई मतले प्रदेश २लाई मधेस प्रदेश नामकरण गरिएको हो । प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस पारित भएको छ । दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वत: निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे । यो समाचार कान्तिपुरबाट लिएको हो  ।

प्रतिक्रिया दिनुहोस

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१