Siraha Times
ताजा समाचार

कपिलवस्तुमा सातौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

  • माघ १, २०७८
  • ७०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु माघ १ 'सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ कपिलवस्तुमा सातौँ राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँएको छ । कपिलवस्तु सदरमुकाम तौलिहवाको आनन्दबाग स्थित राधाकृष्ण मन्दिर योग हलमा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे को अध्यक्षता मा राष्ट्रिय योग दिवस योग , अन्तरक्रीया, र नारायण दल गुल्म द्वारा मन्दिर परिसर सरसफाई तथा योग प्रशिक्षक लाई सम्मान गरि सम्पन्न गरिएको हो । जिल्ला मूल समारोह समिती, कपिलवस्तु तथा कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र आयोजनामा भएको कार्यक्रममा योगको नियमित अभ्यास गरेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डाक्टर प्रवेश श्रीवास्तवले बताउनु भएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । कार्यक्रममा योग प्रशिक्षक नारायण प्रसाद पौडेल लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१