सिरहाटाइम्सका लागी लहानबाट ललिता बिद्रोही✍️ - जब एक महिला गर्भवती हुन्छिन तब दम्पतीलाई अभिभावक भए को र जिम्मेवार भए को अनुभूति हुन्छ। परिवार, नातेदार, समाज मा सबैलाई खुशी महसुस हुन्छ। सबै तिर बाट बधाई र शुभकामना को ओइरो लाग्छ। किन कि हाम्रो समाज मा दम्पतीलाई सन्तान को आशा र पर्खाइ हुन्छ। जव सम्म दम्पतीलाई सन्तान हुदैन तव सम्म जिम्मेवार बन्दैनन्। नौ महिनासम्म आमा ले पेट भित्र को सन्तान लाई आफ्नै शरीर को अभिन्न अंग सम्झी कुशल नवजात लाई पर्खिन्छ।
खाना न नरुच्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने कम्मर दर्द लगायत का व्याथा सहनुपर्छ। ज्यान को बाजी खेलेर नवजात शीशुलाई जन्म दिन्छ। जव बच्चा सकुसल जन्मिन्छ तव आमा को हरेक दर्द सखाप भए को र राहत पाएको महसुस हुन्छ। जव नवजात छोरी भए को थाहा हुन्छ तव पिडा बढेको उदाहरण हरु धेरै छन। किनकी छोरा जन्माउने महिला लाई सबै तिर वाट माया,हौसला र बुलन्दी का साथ सहयोग गर्ने र पुरस्कृत गर्ने समाज छ हाम्रो। तर छोरी पाउँदा खासै वास्ता गर्दैन। धेरै ठाउँमा सुत्केरीलाई हस्पिटल मै छोडेर भाग्छन। म एक स्टाफ नर्स हु। आफ्नै आँखा ले यस्ता अन्याय अत्याचार हरु हेरेको छु। हाल धेरै बर्ष देखि साइन्स र टेक्नचलोजी को सहारा मा छोरी थाहा पाएर भ्रूण मै हत्या गरिरहेको छ।
आखिर छोरी ले नै सृष्टि को निरन्तरता दिएको प्रमाण र अभ्यास प्राकृतिक को नियम रहेको छ। सृष्टि को बचाव र समाज लाई निरन्तरता दिन महिला र पुरुष समान जिम्मेवारी छ। छोरी ले नै छोराको पनि जन्म दिन्छ। तै पनि छोरी संग किन यति घृणा? छोरा जन्मे पछी जस्तो सुकै परिवार मा पनि उत्सब मनाउँछन। तर छोरी जन्मे पछि एकदम्मै थोरै परिवार मा अपवाद को रुपमा खुशी मनाउँछन। छोरा र छोरी बिच मा भेदभाव र असमानता पितृसत्ता ले जन्माएको अभिशाप हो। के महिला मानव होइन र? महिला र पुरुष पुरुष एक अर्का को पुरक हुँदा हुदै पनि असमानता र फरक ब्यबहार किन? यस्ता अपराधीक व्यवस्था को जिम्मेवार को हुन? राज्यले यी बिकृती को उन्मुलन गर्न कस्तो भुमिका निर्वाह गरेको छ? महिला अधिकार का लागि नेपाल, भारत लगायत अन्य देशहरुमा धेरै नै सङ्घर्ष र योगदान अभियानी हरु ले दिएको इतिहास छ।
साथै बर्तमान अवस्था मा पनि बिभिन्न निकाय द्वारा पहल भइरहेको छ। तर हाम्रो देश मा बर बधु को २० बर्ष उमेर पुरीसके पछी मात्र बिवाह गर्न हुने कानुन बनिसकेको छ।कानुन मात्र बनाएर समस्या को समाधान हुदैन। अभ्यास र कार्यान्वयन गराउन सक्नुपर्छ। अहिलेको अवस्था मा पनि १३/१४ बर्ष को उमेर मा बिवाह गराइरहेको पाइन्छ। कसैले चासो लिदैन। जुन अवस्था मा बिबाह गराए पनि केटा र केटी एक अर्का को जिवन लाई पुरक बनाउन का निम्ति बिवाह गरिन्छ। दुवैलाई एक अर्काको समान जरुरत रहे पनि ब्यबहार मा बिभेद गरेको पाइन्छ। छोरी मान्छे श्रीमान को घर जानु पर्ने। चिजबस्तु सरह छोरी लाई दान गर्ने चलन अति नै भर्त्सना जनक छ।
आखिर छोरी पनि त मानव हो नी? कन्या दान गरेर महिला लाई अपमानित गर्दछ। दान त चिज बस्तु, पैसा लगायतका कुरा हरुलाई गरिन्छ। मानव लाई दान गर्नु अपराध हो। बिवाह गराउनु त स्वभाबिक हो तर महिला लाई दान गर्नु अपमान हो। यस्ता सब्दहरु प्रयोग गर्नु हुदैन। जब वर्ण व्यवस्था लागु गर्यो त्यती वेला पनि महिला लाई सुद्र सङ्गै तल्लो दर्जामा राखि सेवामा मात्र सिमित राखेको थियो। किन कि निरङ्कुश शासन काल मा महिला माथि पनि हद सम्म को अत्याचार भए को इतिहास गवाह छ। तर अहिले को युग मा पनि छोरी दान गरेर अपमान न गरौ। अब हामी हरेक समुदाय, भाषा, लिङ्ग, र राष्ट्रियता को समावेशी सम्बोधन भैसको संघिय गन्तन्त्र मा अभ्यास गर्दैछौ।
आफ्नो मुटुको टुक्रा मानवरुपी कन्या लाई दान होइन बिवाह गराउनुस र हासीखुशीका साथ एक जिम्मेवार, इमानदार र मायागर्ने मान्छेको साथ बिदाइ गर्नुस। बिवाह भन्दा अगाडि छोराछोरीलाई सक्षम र शिक्षित संस्कारी बनाउनु अभिभावक को कार्य हो। सरकार को हरेक निकाय र समाज देखि घर सम्म छोरी पढाउ, छोरी बचाउ अभियान लाई सफल पारौ। हरेक निकाय मा महिलाको जनसङ्ख्या को आधार मा आरक्षण दिइ समता मुलक समाज को निर्माण हुनुपर्छ।
साथै हरेक समुदाय को महिलाहरूलाई जनसङ्ख्या को आधार मा आरक्षण नेपाल सरका ले छुट्याउनु जरुरी छ। बर्ण ब्यवस्था को कारण हाम्रो समाज मा निकै असमानता रहेको छ। मधेश का दलित र दलित महिलाहरु का लागी पनि जनसङ्ख्या को आधार मा समानुपातिक समावेशीय ब्यवस्था सरकार ले गर्नुपर्छ। र महिला शिक्षा मा बिशेष जोड दिनुपर्छ। बिभेद लाई अन्त गर्नका निम्ति सरकार ,समाज,परिवार र अभिभावक लगायत सम्पूर्ण निकाय को विशेष पहल सम्वेदनशील हुनु जरुरी रहेको छ। उत्पिडित समुदायका महिलाहरूलाई हरेक शिक्षा निःशुल्कहुनुपर्छ। धन्यवाद।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic