शिक्षा प्रमुख शशिकुमार समर्थनमा आम शिक्षक र महासँघको विज्ञप्ती

  • पुस २७, २०७८
  • १८९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २७ पुष । शिक्षक शिवराज यादवलगायतले शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको सम्बन्धमा जारी गरिएको विज्ञप्तीप्रति नेपाल शिक्षक महासँघ जिल्ला कार्य समिति सिरहाले सोको घोर भत्र्सना गरेको छ । योसँगै करिब १ सय ५० आम शिक्षकको हस्ताक्षरमा अलगै शिवराज यादवविरुद्ध विज्ञप्ती जारी गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख शशिकुमार यादवले सिरहाको शैक्षिक सुशासन तथा शैक्षिक गुणस्तर कायम गर्न र विद्यालय व्यवस्थापनमा आफ्नो पदीय दायित्व निर्वाह गरेको उल्लेख छ । शिक्षा प्रमुखको बदनाम गराउँने नियतले शिवराज यादवले केही शिक्षकको किर्ते हस्ताक्षर गरी प्रेस विज्ञप्ती जारी गरेकोले निजलाई हदैसम्म कारवाहीको जोडदार माग गरेको उल्लेख छ ।

विद्यालयमा शिक्षण सिकाई क्रियाकलापमा सहभागी नहुने र विद्यालय समयमा नगरपालिका र शिक्षा विकास इकाइमा नेतागिरी गरी शिक्षक साथीहरुलाई दुःख दिने कार्यमा शिवराजको उध्धत रहने गरेको उल्लेख छ । यस्तै, इकाई प्रमुख शशिकुमारले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनको कार्य सम्पन्न गरेको छ । शशिकुमारले विद्यालयको समस्या समाधानमा सकारात्मक भूमिका खेलेको छ । नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व बाहेक अन्य कुनै किसिमको शुल्क सेवाग्राहीलाई नतिर्ने व्यवस्था इकाई प्रमुख यादवले गरेको छ । विद्यालय अनुगमन तथा सुपरिवेक्षण कार्यमा सक्रिय रहेको छ । बर्षोदेखि रहेको शिक्षक समस्यालाई समाधान गरेको छ भने सिकाई उपलब्धी अभिवृद्धिको लागि ईकाई प्रमुख यादव स्वंम कक्षा कोठामा पुगेर पेशागत सहयोग गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१