Siraha Times
ताजा समाचार

प्रदेश प्रज्ञा प्रतिष्ठानको गठन प्रक्रिया अन्तिम चरणमा : राउत

  • पुस २६, २०७८
  • ८६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले अघि बढाएको प्रदेश प्रज्ञा प्रतिष्ठानको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । भारतीय बाणिज्य दूतावास वीरगञ्जद्वारा आयोजित नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा हिन्दीको योगदान विषयक गोष्ठीमा भाषा र संस्कृतिको संरक्षणका लागि प्रदेशमा छिट्टै प्रज्ञा– प्रतिष्ठान गठन गर्न लागिएको उल्लेख गर्दै उनले भने,‘भाषा र संस्कृतिको रक्षा गर्ने दायित्व प्रदेश सरकारको छ,यसकोलागि आवश्यक ऐन कानून र बजेट विनियोजन समेत छिट्टै व्यवस्थापन गर्दैछुँ ।’ हरेक भाषा र संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उनले सबै भाषा र संस्कृतिको संरक्षण संवद्र्धनका लागि ऐन बनाएर त्यो सम्भव नभएकाले गठन आदेश मार्फत प्रतिष्ठान स्थापना गरिने स्पष्ट गरे ।

विश्व हिन्दी दिवसको अवसर पारेर आइतबार जनकपुरधाममा आयोजित सो गोष्ठीमा उनले नेपाल र भारत बीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । सडक, पुल लगायत अन्य पूर्वाधार निर्माण गर्नु झैँ भाषा र संस्कृतिको संरक्षण गर्नु पनि विकासकै पाटो भएकाले प्रदेश सरकार संस्थागत निर्णय गरेरै भाषा र संस्कृतिको संरक्षण गर्ने मुख्यमन्त्री राउतले बताए । पूर्व र पश्चिमलाई जोड्ने भाषा हिन्दी भएको उल्लेख गर्दै उनले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धलाई जोड्ने काम हिन्दी भाषाले गरेको उल्लेख गरे । नेपाल र भारतबीच सदिऔँदेखि सम्बन्ध रहेकाले यसलाई कुनै पर्खाल लगाएर र रेखा तानेर सम्बन्ध भत्काउन नसकिने दाबी गर्दै मुख्यमन्त्री राउतले नेपालको हरेक राजनीतिक परिवर्तनमा मात्र होइन, सांस्कृतिक, धार्मिक र आर्थिक रुपमा पनि भारतको भूमिका रहेको चर्चा गरे ।

कार्यक्रममा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेपालमा नयाँ शिक्षा विधान बनाएर हिन्दू भाषालाई बहिष्कृत गरिएको बताए । हिन्दी भाषाले नेपाल र भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउंदै उनले हिन्दी भाषाको विषयमा नेपालमा अनावश्यक विवाद सृजना गर्ने काम भएको जिकिर गरे । गोष्ठीमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमारले विश्वमा सबैभन्दा बढी बोलिने भाषा हिन्दी रहेको भन्दै हिन्दी भाषालाई अन्तर्राष्ट्रिय भाषाका रूपमा विकास गर्न प्रत्येक वर्ष झैँ यस वर्ष पनि हिन्दी दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । भाषा, देश र समाजलाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले भाषा र संस्कृतिको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको उनको धारणा थियो । सो कार्यक्रममा वरिष्ठ साहित्यकार रामभरोस कापडी (भ्रमर), डा पशुपतिनाथ झाले हिन्दी भाषाले नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने कार्य गरेको भन्दै यसको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा साहित्यकारहरू डा. रेवतीरमण लाल, हिमांशु चौधरी, अयोध्यानाथ चौधरी, विजय दत्त (मणि), प्रेम देव (ललन), मधुकर लाभ र चन्द्रशेखर राय (चमन) पुनम झा मैथिल,महेन्द्र कुमार मिश्र लगायतले हिन्दी भाषाको संरक्षण विषयमा आ–आफ्नो कविता वाचन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले विभिन्न स्रष्टाहरूलाई दोसल्ला ओढाएर सम्मान गरे । गोष्ठी डा. आशा सिन्हाको अध्यक्षतामा सम्पन्न भएको थियो । राजधानी पाटी

प्रतिक्रिया दिनुहोस

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१