ताजा समाचार

नगर प्रमुख शाह द्वारा पर्यटकीय पूर्वाधार निर्माण तथा भन्सार क्षेत्र विकासका लागि आयोजना माग

  • पुस २२, २०७८
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले शहरी विकास तथा भवन निर्माण विभाग संग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण , भन्सार क्षेत्र विकास तथा बजार सुन्दरीकरणका लागि आयोजना सवीकृत गर्न माग गरेका छन्l उक्त पत्रमा लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका जिल्लाको दक्षिण पश्चिम भारत संग जोडिएको कृष्णनगर बजार यस नगरपालिकाको सबैभन्दा पुरानो बजार रहेको अवगत गराउदै नगरपालिका को सिमा देखि लगभग २०० मिटर पर भारतको बढ्नी रेल्वेस्टेशन रहेको र भारतको राजधानी नयाँ दिल्ली पुग्न रेलबाट १०-११ घण्टा लाग्ने कुरा दर्शाइएको छ l नेपाल घुम्न आउने पर्यटकको लागि पर्यटकीय पूर्वाधार नरहेको कृष्णनगर नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण, बजार सुन्दरीकरण तथा धेरै राजस्व संकलन हुने कृष्णनगर भन्सार क्षेत्र विस्तार तथा सुन्दरीकरण गर्न आवस्यक आयोजना स्वीकृत गर्न नगर प्रमुख शाहको हस्ताक्षरित पत्र सहित आयोजना माग गरिएको छ l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤