Siraha Times
ताजा समाचार

कपिलवस्तुको बहादुरगंजमा अध्यक्ष ओलीको भव्य स्वागत

  • पुस ७, २०७८
  • १५०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले किसान,मजदुर,पिछडिएको व्यक्तिहरु मुस्लिम मधेशीको हक र अधिकारको लागि नेकपा (एमाले) पार्टी मात्रै सुरक्षित रहेको नेपाल र नेपाली जनताको विकासको लागि नेकपा( एमाले)‌‌‌‌‌‌‌‌सरकारमा हुदा ठुल ठुलै पहल गरेको। एमालेको पालामा बालबालिकाले उचित शिक्षा पाउने जेष्ठ नागरिकहरुलाई उपचार, भुमिहीन गरिबहरुलाई सरकारले घर बनाउने फुसका छाना विस्तापित गर्ने कार्य बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको साथै आफ्नो कार्यकालमा मधेशको लाइफलाइन हुलाकी राजमार्ग निर्माण कार्य योजना लागु गरेको हुलाकी राजमार्गको २०प्रतिशत काम गर्ना मात्रै बाकी रहेको र अब कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए मंगलवार कृष्णनगरका बहादुरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्ना आएका पुर्व प्रधानमंत्री केपी शर्मा ओलीले हुलाकी राजमार्गको इतिहास बताई निर्माण कार्यको अवलोकन समेत गरेका थिए।

कृष्णानगर नगरपालिका ८ बहादुरगंजमा नेकपा (एमाले) पार्टी प्रवेश तथा जनसभा कार्यक्रमका अध्यक्ष नेकपा (एमाले) जिल्ला अध्यक्ष झबिलाल पोख्रेल प्रमुख अतिथि नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली विशिष्ट अतिथि नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेश पुर्व मुख्यमंत्री शंकर पोखरेल, नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छवि विश्वकर्मा, केन्द्रीय सचिव तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट अतिथी केन्द्रीय सदस्य सुर्य थापा, सुशिल श्रीवास्तव केन्द्रीय सदस्य तथा इत्तेहाद नेपालका संयोजक सेराज अहमद फारूकी,गंगा चौधरी, पशुपति दयाल मिश्रा लगायत नेताहरुको उपस्थिति रहेको थियो। नेकपा (एमाले) पार्टी प्रवेश कार्यक्रममा कृष्णानगर नगरपालिका वड़ा नं.३ नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्ष पदमा निर्वाचित सगीर अहमद खां तथा निर्वाचन क्षेत्र ३ का प्रत्येक आम निर्वाचनमा दोस्रो नम्बरमा हुने गरेका नेता मंगल प्रसाद गुप्ता लगायत जिल्लाको विभिन्न पार्टी बाट र अन्य गरि हजारौं कार्यकर्ता हरू एमालेमा प्रवेश गरेका छ्न पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्ना बहादुरग आइ रहेका पुर्व प्रधानमंत्री ओलीको भव्य स्वागत नेकपा (एमाले) कृष्णानगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले आफ्नो नेतृत्वमा करिब सयौं मोटर साइकलको संख्यामा महराजगंजको बुटहानिया चोक देखि बाजागाजका साथ गर्दै कार्यक्रम स्थलमा पुगी मिर्जा राशिद बेगले आफ्नो सहकार्यमा अल्ताफ खां (मिनु), मनोज जयसवाल,जिब्राइल हलवाईको पुर्ण प्रयासमा सयौंको संख्यामा कार्यकर्ता प्रवेश गराएका छन।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१