Siraha Times
ताजा समाचार

जसपा का नेता गुप्ताले एमालेमा प्रवेश

  • पुस ६, २०७८
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु ,पुष ६ गते कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको वहादुरगँजमा एमालेको पार्टी प्रवेश तथा बृहत जनसभा कार्यक्रम सम्पन्न भएको हो ! जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाको प्रभावशाली नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन ! नेकपा (एमाले ) मा प्रवेश गरेका मंगल प्रसाद गुप्ताले भने कि म धेरै ठुलो गल्ती गरेको छु कि याे समय भन्दा पहिले नै पार्टी मा प्रवेश गर्नु पर्थ्याे । कपिलवस्तु काे विकास गर्न काे लागि खास गरेर कृष्णनगर , बहादुरगन्ज जस्ता अबिकसित क्षेत्रकाे विकास काे लागि राष्ट्रिय अध्यक्ष केपी शर्मा अाेली लाई अनुरोध समेत गर्नु भएको हो ।

कार्यक्रममा नेकपा (एमाले ) का राष्ट्रिय अध्यक्ष केपी शर्मा अाेली ले भन्नू भयो कि नेपाल र नेपाली जनताको विकास गर्न काे लागि अाेली काे सरकार चाहिन्छ । किसान , मजदुर , पिछडिएको व्यक्तिहरुकाे हक र अधिकार काे लागि निरन्तर लागेको छ । अब कपिलवस्तु जिल्लामा नेकपा (एमाले ) अझै मजबुत भएको! एमालेसँग मात्र देश बनाउने नीति भएको दाबी गर्दै उनले बेसहारा, अभिभावकविहीनको पार्टी नेकपा एमालेमात्र हो ! एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको र जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि एमाले सरकारको पालामा औषधि उपचारको व्यवस्था गरेको उनले दाबी गरे।

नेकपा (एमाले ) का महासचिव शंकर पाेख्रेल ले आफ्नो स्वागत मन्तव्य दिदै भन्नू भयो कि अहिले जुन सरकार छ त्यसकाे न कुनै लक्ष्य छ नकुनै उद्देश रहेको छ । त्यसैले अहिले काे सरकारकेही गरेको छैन । नेकपा एमाले काे सरकार हुदा केही तत्वहरुले षड्यन्त्र गरेर सरकार ढाल्न सफल भएका छन तपनि हामी मुल ढाेका बाट फेरि छिर्ने छाै । कसै काे प्रमे अादेश बाट हाेइन । कार्यक्रम कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पाेख्रेल काे अध्यक्षता , प्रमुख अतिथि नेकपा (एमाले ) का राष्ट्रिय अध्यक्ष केपी शर्मा अाेली , विशिष्ट अतिथि नेकपा ( एमाले ) का महासचिव शंकर पाेख्रेल लगायत काे उपस्थिति मा सम्पन्न भएको छ ।

Open photo

 

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१