माई टि.भि.को जिम्मेवारी दुबेलाई

  • पुस ६, २०७८
  • ६२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ५ पुस । वीरगंजबाट प्रशारण हुदै आएको माई टेलिभिजन पर्साको सम्पूर्ण जिम्मेवारी पत्रकार उमेश दुबेलाई पाएको जनाईएको छ । वीरगंज महानगरपालिका वडा नं. २४ बस्ने सैलेश प्रसाद कुशवाहाको नाउमा दर्ता रहेको पर्सा टेलिभिजन नेटवर्क प्रा.लि. द्धारा सञ्चालित (माई टि.भि.) ५ वर्षको लागि बाराको फेटा गा.पा. वडा नं. ७ बस्ने पत्रकार उमेश दुबेलाई दिईएको हो । टि.भि.का सञ्चालक कुशवाहा र पत्रकार दुबे बीच सोमबार ५ वर्षको लागि सम्झौतापत्रमा हस्तारक्षर भएको सञ्चालक कुशवाहाले बताए । सम्झौता भएको आजैको दिन देखि टि.भि.को आय व्यय, व्यवस्थापन लगायतका सम्पूर्ण जिम्मेवारी दुबेलाई दिईएको कुशवाहाले बताए । टि.भि.को नयाँ जिम्मेवारी पाएका पत्रकार दुबेले टि.भि.लाई आउदो दिनहरुमा पर्सा, बारा लगायत प्रदेश हुदै देशभरी मै एउटा नयाँ ईतिहास बनाउने बताए । उनले यस भेगका गरिब, निमुखा, शोषित पिडित जनताहरुको आवाजलाई बुलन्द गर्ने बताउदै समाजमा दबिएर रहेका हरेक किसिमका घटनालाई टि.भि.को माध्यमले जनताको सामु ल्याउने प्रतिबद्धता समेत जनाएका छन् । पत्रकार दुबे बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । उनी जनगुनासो डेलि डटकम नामक अनलाईन न्युज पोर्टल सञ्चालन गर्दै आउनु भएका साथै उनी लामो समय देखि राष्ट्रिय तथा स्थानिय टेलिभिजनमा पनि कार्य गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१