Siraha Times
ताजा समाचार

पाँच कराेड भन्दा बढीकाे लागतमा तिन वटा खानेपानी निर्माणकार्य सुरु

  • पुस ४, २०७८
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव , नवलपरासी/ पुस ०४ पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा पाँच करोड भन्दा बढीको लागतमा एकै साथ तीन वटा खानेपानी आयोजना निर्माण भई रहेका छन् । मानिसको स्वाश्थ्यमा अत्यन्तै हानी पुर्याउने तत्वको रुपमा रहेको आर्सेनिक युक्तपानीको क्षेत्र रहेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा अहिले स्थानीय सरकारको ५ करोड ३७ लाखको लगानीमा एकै साथ तीन वटा खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरेको रामग्राम नगरपालिकाले जनाएको छ । रामग्राम नगरपालिकाको पूर्ण लगानीमा रामग्राम नगरपालिकाको वार्ड नम्बर १४ को अमरौठ, वार्ड नम्बर १७ को देवगाउँ, वार्ड नम्बर १८ को धरमपुरमा समान क्षमता र समान लगानीमा तीन वटा खानेपानी आयोजनाको निर्माण कार्य शूरु गरिएको नगरपालिकाका ईन्जिनियर सतिष गुप्ताले बताउनुभयो ।

नगरपालिका भित्रका तीन वटा ठुला खानेपानी आयोजनाको निर्माणका काम यसै आर्थिक वर्षको असार मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि नगरपालिकाले योजना बनाई काम शुरु गरिएको बताईएको छ । उच्च आर्सेनिकको जोखिमा पर्ने पश्चिम नवलपरासीको रामग्राम क्षेत्र मध्य नवलपरासीको रामग्राम नगरपालिकाले नगरपालिकाका स्थानियवासीहरुको आधारभुत एवं अत्यावश्यक बस्तुको रुपमा रहेको खानेपानीबाट नगरवासीलाई लाभान्वित गर्ने योजना अनुसार तीन ठुला आयोजनाहरुको निर्माणमा जोड दिएको र सोहि अनुसार खानेपानी आयोजनाको निर्माण कार्य शुरु गरीएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयाे ।

तीनै वटा योजनामा २२/२२ लाखको लागतमा बोरिंङ गाडने काम सम्पन्न भई सकेको छ भने आयोजनाका पानी टंकी निर्माणको काम अहिले संचालनमा रहेको छ । पानी आपुर्तिका लागि पाईप खरिद गरि विछाउने र गाडने लगाएतका काम कतिपय ठेक्का प्रकृयामा रहेका छन भने कतिपय निर्माधिन अवश्थामा रहेको नगरपालिका कार्यालयले जनाएको छ । खानेपानीको निर्माण भई रहेका रामग्राम नगरपालिकाका अमरौठ, घरमपुर एवं देवगाउँ नगरपालिकाका कम विकसित ग्रामिण क्षेत्रका गाउँहरु रहेका छन । यी ग्रामिण क्षेत्रका स्थानियवासीन्दाहरुले अहिले सम्म गाउँमा कम गहिराईमा गाडिएका हाते चापाकलबाट पानी खादै आएका थिए ।

यी क्षेत्रहरुमा प्रयोग गरिदै आएको पानीको गुणस्तर नाप गर्दा यहाँको खाने गरेको पानीमा मानव स्वाश्थ्यमा अत्यन्तै नकारात्मक प्रभाव पार्ने अर्सेनिक नामक तत्वको अध्याधिक मात्रा रहेको जापानीज संस्था जाईकाले केही वर्ष पहिला गरेको एक अध्ययनले देखाएको थियो । अमरौठमा ११ सय घरधुरी, देवगाउँमा १ हजार घरधुरी एवं घरमपुरमा ९५० घरधुरी गरि जम्मा ३ हजार घरपरिवारका मानिसहरुले खानेपानीको सुविधा पाउने छन । तीनै स्थानका खानेपानी आयोजनाको निर्माण कार्य समिर निर्माण सेवा परासीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१