कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित

  • पुस २, २०७८
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस २, २०७८ सिराहा— कांग्रेस नेतृ चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । एक पदका लागि दुई उम्मेदवार थिए । जसमा सभापति शेरबहादुर देउवा समूहकी यादवले २ हजार ७ सय ३१ मत पाइन् भने शेखर कोइराला समूहकी गीता चौधरीले १ हजार ८८५ मत पाइन् । प्रदेश २ बाट खुलातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनको मतगणना भइरहेको छ । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा निर्वाचन समितिले मतगणना गरिरहेको छ । शुक्रबारसम्म १३ पदाधिकारीको गणना सकिएपछि अब सदस्यको मतगणना सुरु भएको हो । अब ढिलोमा एक साताभित्र सबै पदको मतपरिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । कांग्रेसले यसपटक १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन गरेको थियो । सांभार:- ईकान्तिपुर डट कम।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१