ताजा समाचार

सिरहामा रासायनिक मलको कालोबजारी

  • पुस २, २०७८
  • १७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।पुस २ गते। सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ। सिराहाको लहानमा सरकारी अनुदानको मल , किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरुले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्। भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरेर ल्याएको रासायनिक मल , कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ। तर सिरहामा भने कृषि सहकारी संस्थाहरुले मलको हाहाकारको मौका छोपेर सरकारी अनुदानको मल , किसानलाई नभइ बढी मुनाफाको लोभमा व्यपारीलाई बिक्री गरिरहेका छन्। कृषि सहकारी संस्थाले सरकारले तोकेको दरभन्दा बढी भाउमा पनि किसानलाई बेचेर मलको कालाबजारी मौलाइरहेको छ। सरकारले वर्तमानमा कृषक डिएपी (१८/४६) २२३८ तोकेता पनि केही डिलर संचालकहरुले २३०० सय भन्दा बढीमा बिक्री गरिरहेका छन। कृषि सामाग्री कम्पनी लिमिटेड लहानको गोदाममा मल प्रयाप्त रहेको खुलासा छ। तर वियोग र कार्यालय प्रमुख दिपक पौड्यालको हर्कतका कारण सिरहाका किसान मलबाट बञ्चित रहेको प्रष्ट देखिन्छ ।

Open photo

पौड्यालका अनुसार अहिले सिरहावासीको लागिमात्र मल हाहाकार नभई देशमै हाहाकार मचिएको छ।सहकारीहरुमा युरिया प्रयाप्त पाईन्छ तर डिएपी मलको हाहाकार रहेको सुनाउँछ। सामाग्री र कृषि सहकारी संस्थाको साँठगाँठमा सिराहा लगायत कतिपय ठाउँका कृषकहरु मार्कामा रहेको देखिन्छ । कृषि सामग्री कम्पनी लिमिटेड लहानको गोदाममा घुमघाम गर्दा पुरै घर मलले भरिएको देखिन्छ । कार्यालय प्रमुख दिपक पौड्याल र कृषि सहकारी संस्थाको मिलोमतोमा किसानको हातसम्म मल पुग्नबाट बञ्चित छन। मंसिर सकिन्न लाग्दा मलखाद्य नपाएर गेहुँ गर्ने किसानहरु चिन्तित देखिएको छ। अहिले ठुलठुल्ला , आफुलाई शक्तिशाली ठानिने नेता र कार्यकर्ता कार्यालयमा पुगेको अवस्था देखिन्छ। पावरको भरमा कृषि कतिको सहज हुन्छ , नेपाल र नेपालीका लागि यो सौभाग्य भनौं या दुर्भाग्यको अवस्था।

Open photo

सरकारले नेपाललाई कृषि प्रधान देशको ठुलो नारा लगाएको देखियो , के यसरी नै बन्नछ कृषि प्रधान ? यो सँगै गेहुँबालीको बुजाई,रोपाईको समय सकिन्न लाग्दा समेत मलको चरम अभावका कारण खेत बाँझै रहने स्थिती देखिएकोले आपूर्ति बढाउन र बिक्री वितरण प्रणाली पारदर्शी, व्यवस्थित र सहज बनाउई दिने हाम्रो दायित्व हो । सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाहरुको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई जो सुकैलाई कारवाही हुनु जरुरी छ । गोदाममा मल राखी किसानलाई नदिने, कालाबजारी गर्ने, महँगोमा बिक्री गर्नेलाई जिम्मेवार निकाय कार्वाही कागजमै सिमित राखेको अवस्था छ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤