Siraha Times
ताजा समाचार

नेकपा (एमाले)को दोस्रो नगरकमिटीको बैठकमा अध्यक्ष केपी ओलीको भव्य स्वागतको तयारी

  • पुस १, २०७८
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु/कृष्णानगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वड़ा नं.३ लक्ष्मीनगरमा नेकपा( एमाले) कृष्णनगर नगरकमिटीको दोस्रो बैठक सम्पन्न भएको छ। कार्यक्रम नेकपा एमाले कृष्णनगर नगरकमिटी अध्यक्ष संदीप कुमार मौर्याको अध्य्क्षता प्रमुख अतिथी नेकपा (एमाले) का केन्द्रीय सदस्य गिरधारी लाल न्यौपाने विशिष्ट अतिथिमा नेकपा (एमाले) का केन्द्रीय सदस्य शुशील कुमार श्रीवास्तव, नेकपा (एमाले )लुम्बिनी प्रदेश सदस्य सफर अली मियां, अतिथीमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला सचिवालय सदस्य सी.बी.गहतराज, विश्व कार्की, नेकपा (एमाले) कृष्णानगर नगरपालिका इन्चार्ज टोपलाल पोखरेल,शिवप्रसाद जयसवाल,दयानन्द त्रिपाठी,नेकपा (एमाले) ‌‌‌‌‌‌कृष्णानगर नगरकमिटी उपाध्यक्ष मेहताब आलम रहनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी न्यौपानेले नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओली पहिलो पटक कृष्णानगर नगरपालिका ‌‌‌‌‌‌‌‌‌‌‌मा आउनु हुने कुरा नगरवासीका लागि गर्वको कुरा रहने बताउदै जिल्ला कमिटी र नगरकमिटीलाई कार्यक्रम सभ्य र भव्य तरिकाले सफल बनाउन पुर्ण रुपमा लाग्न आग्रह गर्नुभयो।

नेकपा (एमाले )कृष्णानगर नगरकमिटीले यही पुष ६ गते मंगलवार कृष्णानगर नगरपालिका वड़ा नं.८ बहादुरगंजमा आउन लाग्नु भएका नेकपा (एमाले) का राष्ट्रीय अध्यक्ष तथा पुर्व प्रधानमंत्री केपी शर्मा ओली लाई आफुहरु स्वागत गर्न कुनै कसर बाकी नराख्ने कृष्णानगर नगर स्तर बाट करिब दशौं हजार जनता उक्त कार्यक्रममा सहभागी बनाउने लक्ष्य राखि आज देखि नै पुर्ण रुपमा लागि परेको साथ साथै जिल्लाका सम्पूर्ण स्थानिए तहको कमिटी वडा कमिटी हरु बाट पुर्ण जिम्मेवारीका साथ आ-आफ्नो स्तर बाट लाग्नु पर्ने तथा भव्य स्वागत गर्नाको लागि सबै संग अनुरोध गर्नुका साथ साथै अध्यक्ष ओली ले विशाल जनसभा लाई सम्बोधन गर्नु हुन गई रहेकाले भव्य उपस्थितिका लागि जनसमुदायमा हार्दिक अनुरोध गरिएको जानकारी नेकपा (एमाले) कृष्णानगर नगरकमिटी सचिवालय सदस्य मिर्जा राशिद बेगले जानकारी दिनुभयो।

कार्यक्रममा साजिद अली,मनोज जायसवाल,मुख्तार अहमद बेग,कृष्ण कुमार गुप्ता,अब्दुल सलाम,जंग बहादुर शाही,हैदर अली खां,मुख्तार अहमद,मतिउल्ला खां,फिरोजा खातुन,शहरुनिशा लगायत नेकपा एमाले कृष्णानगर नगरकमिटीका पदाधिकारीहरु तथा सम्पूर्ण वडा कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो‌ l

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१