Siraha Times
ताजा समाचार

देश बिदेश पढ्न जाने विद्यार्थीहरुको सहारा बन्दै सन्साईन एजुकेसनल कन्सलटयान्सी

  • पुस १, २०७८
  • १२४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ पुष - सिरहाको लहान नगरपालिकामा अबस्थित रहेको सन्साईन एजुकेसनल कन्सलटयान्सीले आधुनिक युगको विद्यार्थीहरुको भबिस्य सुनिश्चितताको प्रत्याभूति गरेका छन्। देशमा बिदेशमा गएर भिभिन्न टेक्निकल शिक्षामा अद्द्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज रूपमा छिमेकी मुलुक भारत,जापान,बंङ्गलादेश लगायतका देशहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागी सिरहा,सप्तरी,धनुषा मोहोतरी र उदपुरमा सब भन्दा बढी लोकप्रीय रहेका सन्साईन एजुकेसनल कन्सलटेनसीले करिब ७ बर्ष देखि सिरहाको लहानमा रहेर देशबिदेशमा अध्ययनका लागी पठाउने गरेका छन्। सन्साईन एजुकेसनल कन्सलटेनशी लहानले पुरानो ठाँउबाट सरेर नयाँ ठाउँमा ल्याएको छ।पुरानो ठाउँबाट हाल सिद्धार्थ बैंकको अगाडि पटीको बिल्डिङ्गमा सारीको सन्साईन एजुकेसनल कन्टसलटेन्सीका संचालक जय प्रकाश महतोले जानकारी दिनु भयो।नयाँ ठाउँमा बृहत् कार्यक्रमको आयोजना गरि संचालनमा ल्याएका छन।

Open photo

सशस्त्र प्रहरी लहानका डिएसपी सुशील श्रेष्ठले प्रमुख अतिथिका असान ग्रहण गर्दै प्रमुख अतिथि श्रेष्ठले रिवन काटेर कन्सलटेनसीको उद्घाटन गरेका गर्दै सुभकामना र सफलताका कामना गरेका थिए। अतिथिहरुमा काउन्सेलर इन्जिनियर विवेक राय, कमलेश शर्मा, एम्मिसन कोडिनेटर सुनिल यादव,अनिल चौधरी,रामशंकर यादव,लगायत करिब सयौं ब्यक्तीहरुको सहभागीता रहेको थियो। करिब ७ बर्ष देखि निरन्तर उच्च शिक्षा सम्बन्धि भारत, जापान बङ्ग्लादेश लगायत ४०० सय विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागी पठाउन सफल संस्थाको रूपमा चरचित रहेका छन्।अध्ययन पश्चात १००जना बिद्यार्थीहरुलाई कार्य क्षेत्र तिर नेपालको प्रतिस्ठित कम्पनीहरुमा काम आबद्ध गराएका सन्साईन एजुकेसनल कन्सलटेनसिका म्यानेजिङ्ग डाक्टर जय प्रकाश कुशवाहाले जानकारि दिनुभयो।Managing Director: Jay Prakash Kushwaha Study In India Study in Japan Study In Bangladesh 9808528961

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१