Siraha Times
ताजा समाचार

सप्तरीको सुरुङ्गा नगरपालिकामा महिला शिक्षकहरुले ५ दिने मनोसमाजिक तालिम लिदै

  • मंसिर २९, २०७८
  • १३४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २९ मंसिर - सप्तरीको सुरुङ्गा नगरपालिकामा महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धिको लागी सवल नेपाल र सेभद चिल्ड्रेनले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको छ्। उक्त तालीम सप्तरीको सुरुङ्गा नगरपालिका स्थित र श्री मसिलाल जनता माद्यामिक बिधालय कुशहाको सभाहलमा संचालन भएको छ्। सहभागीहरुले बालबालिकालाई मनोसामाजिक सहयोग गर्न आवश्यक ज्ञान तथा सिप हासिल गराउने,आफनो तनाव र त्यसको व्यवस्थापन सम्बन्धि ज्ञान तथा सीप हासिल गर्ने अभिप्रायले कक्षा कोठा व्यवस्थापन तथा प्रभावकारी सिकाई बारे जानकारी पाउने उदेश्यले उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको छ्।

Open photo

सुरुङ्गा नगरपालिकामा आधारभूत ,प्राथमिक,माध्यमिक गरी जम्मा ३१ वटा बिधालय रहेका छन्।जस मध्ये २५ बिधालयका महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धि गर्ने अभिप्रायःले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको हो। विद्यालयको महिलाहरुले बाल विकास लगायत कक्षा १ र २ मा अध्यापन गराउने महिला शिक्षकहरुको सहभागीता रहेको थियो । शिक्षा बिध तथा कुसल सक्छम प्रशिक्षक फनिन्द्र अधिकारी, मनिष प्रसाद राय,लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन्। सबल नेपालको शिक्षा क्षेत्रको प्रोग्राम सुपर भाईजर राधा कुमारी चौधरीले जानकारी दिनु भयो।उक्त तालीम मंसिर २५ गते देखि सुरु भएको थियोे,भने मंसिर २९ गते सम्म सम्पन्न हुने आयोजकले जानकारी दिनु भयो। कार्यक्रममा २५ जना महिला शिक्षकहरुको सहभागीता रहेका छन्।

Open photo

लिमको उदेश्यमा सहभागीहरुमा बालबालिकाहरुको मनोसामाजिक सु स्वास्थयको अवधारणा गत बुझाईमा स्पष्टता ल्याउने मुख्य उदेश्य रहेको शवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो। उक्त कार्यक्रमको तालीममा सहभागीहरुमा आशा कुमारी चौधरी,टिजन खडका,ज्ञानु राउत,रिता साह,गरी जम्मा २५ जनाको सहभागिता रहेको थियोे। तालीम अनुगमनका लागी सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकारी हिरा लाल राना शिक्षा अधिकृत धनबहादुर फुलामी शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र यादव सेभद चिल्ड्रेनका शिक्षा वरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला लगायतका ब्यक्तीहरुले अनुगमन गरेका सवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१