ताजा समाचार

सखुवान्नकारकट्टी गाउँपालिका ५०% अनुदानमा गेहुँ वीउँ वितरण गर्ने तयारीमा

  • मंसिर २७, २०७८
  • १०९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।मंसिर-२७गते। सिराहाको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिकाको कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा गेहुँको बीउ वितरण गर्ने तयारीमा देखिएको छ। भोलि मंसिर २८ गते बिहान १० बजे गाउँपालिका कार्यालयको प्राङ्गणमा गेहुँ बीउ वितरण हुने बारे सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्ष श्री केदारनाथ यादवले बताएका छन। त्यसैगरी सखुवान्नकारकट्टी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोका अनुसार भोलि १० बजेबाट बिउ वितरणको कार्य अन्तिम चरणमा रहेको जानकारी गराउनु भएको छ। अधिकृत महतोका अनुसार ८ सय बोरा गेहुँ वितरण गर्ने कार्यको सम्पूर्ण तयारी पूरा भएको समेत बताए। विभिन्न बाधा अवरोधबाट जुधेर पनि , गत सालको टिकाटिप्पणी सुनाउदै पालिका अध्यक्ष केदारनाथ यादवका अनुसार यस वर्ष कुनै सामग्रीबाट बिउ नलिई सप्लायर्सलाई आगमन गराउनु भएको छ। शुद्ध पिउरीफाईड , बीउँलाई उमारेर, जाँच गराएर विभिन्न जातका बिउहरु वितरण गर्न लागेका छन। एन .एल. , गौतम , भ्रुकुटी , विजय , लगायत जम्मा ४ प्रजातिका बिउ वितरण गर्ने भएको छ। यो सँगै पालिकाले ५० प्रतिशत अनुदानमा बीउ पाउँदा एक स्थानीय गुरु देव यादवले खुशी व्यक्त गर्नु भएको छ। अहिले गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन। वडा न.१ मौवाही , २ नम्बर सोठियाईन , ३ नम्बर महदेवा पोर्तहा , ४ नम्बर सखुवान्नकारकट्टी , ५ नम्बर ईटहर्वा महेशवारी गरि जम्मा ५ वटा वडाहरु गाउँपलिका भित्र पर्दछन।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤