ताजा समाचार

कोरोना भाइरसविरूद्धको भ्याक्सिन कालोबजारी गर्ने दुई जिरोमाइलबाट पक्राउ

  • मंसिर २७, २०७८
  • ११९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । कोरोना भाइरसविरूद्धको भ्याक्सिन कालोबजारी गर्ने दुई जनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउपालिका २ स्थित स्वास्थ्य चौकीको हेल्थ असिस्टेन्ट अजय साह र उनका सहयोगी कृष्ण कुमार यादव छन् । कोरोना भाइरसविरूद्धको अमेरिकन भ्याक्सिन जोनसन एण्ड जोनसन ३ भाइल २१ बेचेलगत्तै रंगेहात उनी दुबै जनालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई वडाध्यक्ष जानकीराम साहको उपस्थितिमा अख्तियारका अधिकारीले मुचुल्का तयार पारेका छन् । आवश्यक कारबाहीका लागि उनीहरुलाई बर्दिवास कार्यालय लग्ने बताइएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिले एक डोजले मात्र पुग्ने जोनसन एण्ड जोनसन भ्याक्सिन लगाउने गर्छन् । तर सहज उपलब्ध छैन् । त्यसैले उक्त भ्याक्सिनको स्वास्थ्यकर्मीले नै कालोबजारी गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤