कोरोना भाइरसविरूद्धको भ्याक्सिन कालोबजारी गर्ने दुई जिरोमाइलबाट पक्राउ

  • मंसिर २७, २०७८
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । कोरोना भाइरसविरूद्धको भ्याक्सिन कालोबजारी गर्ने दुई जनालाई अख्तियारको टोलीले जनकपुरधाम ७ जिरोमाइलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउपालिका २ स्थित स्वास्थ्य चौकीको हेल्थ असिस्टेन्ट अजय साह र उनका सहयोगी कृष्ण कुमार यादव छन् । कोरोना भाइरसविरूद्धको अमेरिकन भ्याक्सिन जोनसन एण्ड जोनसन ३ भाइल २१ बेचेलगत्तै रंगेहात उनी दुबै जनालाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई वडाध्यक्ष जानकीराम साहको उपस्थितिमा अख्तियारका अधिकारीले मुचुल्का तयार पारेका छन् । आवश्यक कारबाहीका लागि उनीहरुलाई बर्दिवास कार्यालय लग्ने बताइएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिले एक डोजले मात्र पुग्ने जोनसन एण्ड जोनसन भ्याक्सिन लगाउने गर्छन् । तर सहज उपलब्ध छैन् । त्यसैले उक्त भ्याक्सिनको स्वास्थ्यकर्मीले नै कालोबजारी गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१