भगवानपुर गाउँपालिकाको साझेदारीमा राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धरा करार खेती सुरु

  • मंसिर २६, २०७८
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान,२६ मंसिर - समाजिक तथा आर्थिक परिवर्तन गर्नका लागि महासंघसंग मिलेर करार खेती संचालन गरेको छ। माता सवरी महिला कृषक समूह र दिना भर्दी बाबा महिला कृषक समूहमा भगवानपुर गाउँपालिकाको साझेदारीमा राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धरा केएर नेपालको सहयोगमा संचालित सामथ्र्य परियोजना अन्र्तगत करार खेती संचालन तथा समूह व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रमको सभाध्यक्ष पालिका महासंघ अध्यक्ष रामचन्द्र यादव,प्रमुख अतिथी हरिनारायण यादव,अतिथी भगवानपुर गाउँपालिका वडा नः३ स्वास्थय शाखा प्रमुख रामेश्वर प्रसाद यादव,लघुधम शाखा प्रतिनिधि रिना कुमारी सिँह,वडा महासंघ कोषाध्यक्ष जागरनाथ यादव र वडा सचिव राजेन्द्र प्रसाद यादव बस्नु भएको थियो ।

जगरनाथ यादवः करार खेती संचालनको लागि ५ जना कृषकहरुले मिलेर हामी जग्गा दिएका छौँ । जग्गा हाल सम्म ७६ कठ्ठा भएईसकेको छ ।अरु जग्गा खोज्ने क्रम्म जारी नै रहेको छ । मरिक टोलका ५० घरधुरी सदाय परिवारलाई कारार खेतीमा आवद्ध हुने गरी यो काम संचालन गर्नुपर्छ । स्वास्थ्य शाखा प्रमुख रामेश्वर प्रसाद यादवः भगवानपुर गाउँपालिका वडा नः १ मा ४० सदाय घर परिवार पहिले मेरो टोल गाउँघरमा तरकारी किन्न वहाँहरु आउनु हुन्थ्यो । जन बुनी गर्न आउने गरेको थियो ।अहिले यी सदाय परिवारहरुको गाउँमा हामीहरु तरकारी किन्न जानु परेको छ ।

यो खुशीको कुरा हो। यसरी नै मरिक टोल सदाय परिवारले पनि मेहनत,धन मन लागाएर खेती गरे अनुसार फलपाउने हुने छ । त्यसले सबै जना कडाईका साथ कडा मेहनत गर्नुपर्ने अति आवश्यक देखिएको छ।लघुउम शाखा प्रतिनिधि रिना कुमारी सिँहः सिरहा हामीले बगर खेती संचालन गर्दा बाढीले गरेर सफल हुन सकेन।भगवानपुर गाउँपालिकामा भएको करार खेती सफल भएको छ । यसबाट प्रत्यक्ष लाभ हुदो रहेछ । म पनि लघु उधम कार्यक्रम अन्र्तगत तरकारीका वीउहरु सहयोग गर्नेल छु । सिलाई कटाईका कामहरु यस समूहका २५ जना महिलाहरुबाट शुरुवात गर्ने प्रतिवाद्धता जनाउँद छु । सहाभागी छनौटको लागि म समूहको अध्यक्षसंग आज भोली नै सम्र्पक गरी काम अगाडी बढाउँ छु।

वडा सचिव राजेन्द्र प्रसाद यादवः करार खेती लालपुर टोलको सदाय परिवार पनि भएको छ। त्यहाँ राम्रो परिवर्तन तर्फ सदाय परिवार अगाडी बढदै छ । पानी जम्ने जमिन तर्फ पोखरी खनाउँदा राम्रो हुने थियो होला। यसले वास्तवमा भन्ने हा भने अरु कार्यक्रम भन्दा यो कार्यक्रम ठोस,लाभदायिक,गाउँपालिकाको लागेको रकम खेर गएको छैन । यसले सिमान्तकृत समुदायको घरपरिवारमा खुशि छायएको छ । रोड,निर्माणका,नाला,कुवा,कृषि सडक भन्दा तत्काल र दिागो सम्म फल दिने कार्यक्रम हो र फल दिएको प्रमाणित भएको छ । यसलाई निरन्तरता दिन पर्छ । यो कार्यक्रम जुनै गाउँपालिका तथा नगरपालिकाले कृषि ऐन निर्माण गरी करार खेतीको कार्य विधि मार्फत संचालन गर्न सकिदो रहेछ ।

वडा अध्यक्ष हरिनारायण यादवः करार खेती संचालनको मैले धेरै नै प्रयास गर्दै आएको छु । आभेनगरमा २१ जनालाई करार खेतीमा आवद्ध गराई समाजिक तथा आर्थिक परिवर्तन तर्फ लमकिदै छ। उनीहरुको घरमा १२ महिना तरकारीको खानको लागि कमि छैन । धान तथा अन्य तरकारी बालीहरु पाउन सकेको छ । खेतीले राम समुदाय लागाएत अरु समुदायमा पनि रौनक बढदै गएको छ । अब मरिक टोलका सदाय घरपरिवार धेरै नै पछाडी परकोले यो टोलमा पनि करार खेती संचालन गर्न लागेका छौँ। सदाय परिवारको जिवनमा समाजिक उथान तथा आर्थिक परिवर्तन गर्ने उदेश्यले करार खेती शुरुवात पालिकाको साझेदारी गर्न लागेका छौँ ।

सभाध्यक्ष राम चन्द्र यादवः भगवानपुर गाउँपालिकासंग मिलेर राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धरा केएर नेपालको सहयोगमा र ली वर्डको प्राविधि ज्ञानले आज ४ ठाउँमा करार खेती विस्तार गर्न सकेका छौँ । आर्थिक बर्ष २०७०÷२०७१ साल देखी करार खेती शुरु गर्दै आएका छौँ । आज करार खेतीका प्रगतिले सदाय तथा राम समुदायमा पोषण आहार खाने थालेका छ । बालबच्चाको शारिरिक तथा मानसिक अवस्थामा सुधार हुन थालेको छ ।

करारमा लिएका खेतको उर्वराशक्ति र खेतको भौतिक अवसथामा सुधार भएको छ ।भगवानपुर वडा नः १ को जमिनमा पहिले बन्जर,देहात खडेरी पर्ने,सुखा भईरहने जमिन थियो । आजको समयमा त्यो जमिनमा अहिले माटोको उमार शक्तिमा बढदै गएको छ । खेतको रौनकमा परिवर्तन भएको देख्न्छि । जग्गा धनी जग्गा भाडा बपात रकम पाएको छ । जग्गाको हैसियत बढदैको गएको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१