ताजा समाचार

सरोकारवाला बिच छात्रवृत्ति सम्बन्धि अन्तरक्रीया कार्यक्रम सम्पन्न

  • मंसिर २६, २०७८
  • ११८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा २५, मंसिर । नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत सिरहको लहानमा २०७८ मंसिर २४ गते शुक्रवारका दिन एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लहान सिरहाको आयोजनामा विधालय स्तरमा दलित छात्रवृत्ति रकम वितरण कार्यान्वयन , र दलित वालवालिकाको शिक्षामा पहुँचको अवस्था विषयक अन्तरक्रिया गरिएको हो । छात्रवृत्ति वितरण गर्दा आईपर्ने समस्या र समाधानका उपायहरुको बारेमा प्रधानाध्यापक र सरोकारवाला हरुको बिचमा बिशेष छलफल गरिएको थियो । दलित वालवालिकाको बिधालयमा पहुँच नहुनुको कारणको बारेमा समेत सरोकारवालाहरु बिच व्यापक रुपमा छलफल गरिएको थियो ।

अन्तरक्रियामा सखुवान्नकारकट्टी गाउँपालिकाको मा. बि. महेशवारी , मनेलाल मा.बि. सोठिआईन , आ. बि. महादेवा पोर्ताहा र लहान नगरपालिकाको बस्तिपुर मा. बि. बस्तिपुर , लेखनाथ मा. बि. गोविन्दपुर र जनता आ. बि. बैरिया का प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । लहान नगरपालिका वडा नम्बर - २४ का वडा अध्यक्ष कमलदेव यादवको प्रमुख आतिथ्य र दलित समाज कल्याण संघ लहान सिरहाका अध्यक्ष मोहन पासवानको अध्यक्षतामा कार्यक्रम भएको थियो । संस्थाका कार्यक्रम संयोजक बरिसलाल मोचिले अन्तरक्रिया कार्यक्रमको उदघोषण गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पुर्ण सरोकारवालाले बार्षिक ४ सयका दरले कक्षा १ देखि १० सम्म नेपाल सरकारले दिदै आएको छात्रवृत्तिलाई समयमा वितरण गर्न प्रतिबद्धता गरेका थिए ।

नेपाल सरकारले दलित, छात्रा र जेहेन्दार सुमान्तकृत वर्गका लागि छात्रवृत्तिको बार्षिक रकम बढाउनुपर्ने आब्यश्यकता देखिएको बस्तिपुर माबीका एक जना प्रधानाध्यापक देवान्द्र प्रसाद यादवले बताएका छन् । बिधालयले ब्यबस्थापन समिती , वडा अध्यक्ष, अभिभावक संघ , लगायतको रोहवरमा छात्रवृत्ति वितरण गर्ने गरेको यादवले बताएका छन् । दलित समुदायका बालबालिकाहरुले आर्थिक अवस्था , लगायत घरायसी वातावरणका कारणले स्कुल छोड्न बाध्य छन् ।, त्यसैले उनिहरुका लागि सरकारले थप छात्रवृत्तिका कार्यक्रमहरु समय समयमा ल्यानुपर्ने जोड दिईएको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤