ताजा समाचार

हरवाचरवाबाट मुक्ति दिलाउँन जोड

  • मंसिर २६, २०७८
  • ८१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान २६, मंसिर । अन्तर्राष्ट्रिय श्रम संस्थाको सहयोगमा दलित समाज उत्थान समिति नेपालले मंसिर २४ गते लहानमा पत्रकार सम्मेलन गरेको छ । हरवा चरवाको हक अधिकार सम्बन्धी पत्रकार सम्मेलन गरेको हो । ग्रामिणक्षेत्रमा रहेका हरवा चरवाको शिक्षा, स्वास्थ्य तथा वैकल्पिक रोजगारीको लागि आवाज उठाउँन मिडियाको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यक्रमका स्रोत व्यक्ति उमेश साहले हरवाचरवाबाट मुक्ति दिलाउँन जोड दिएका थिए । कार्यक्रममा साहले हरवाचरवाबाट मुक्ति दिलाउँन सिरहामा ५२ दिने १० वटा शिपमुलक र ३ वटा २१ दिने तालिम सँचालनमा ल्याएको बताए । योसँगै सिरहामा ४ सय हरवाचरवाका घरधुरीलाई राहत समेत उपलब्ध गराएको साहले बताए । दलित समाज उत्थान अन्तरगत सिरहाको लहान, धनगढीमाई , वरियारपट्टी, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारीलगायतको स्थानीयतहमा कार्यक्रम संचालन रहेको छ । कार्यक्रममा पत्रकारसँगै दलित समाजका केन्द्रीय सचिव मो.कासिम र हरवाचरवा नेटवर्कका सिरहा अध्यक्ष श्यामसुन्दर सदायको विशेष उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤