हरवाचरवाबाट मुक्ति दिलाउँन जोड

  • मंसिर २६, २०७८
  • ६७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान २६, मंसिर । अन्तर्राष्ट्रिय श्रम संस्थाको सहयोगमा दलित समाज उत्थान समिति नेपालले मंसिर २४ गते लहानमा पत्रकार सम्मेलन गरेको छ । हरवा चरवाको हक अधिकार सम्बन्धी पत्रकार सम्मेलन गरेको हो । ग्रामिणक्षेत्रमा रहेका हरवा चरवाको शिक्षा, स्वास्थ्य तथा वैकल्पिक रोजगारीको लागि आवाज उठाउँन मिडियाको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यक्रमका स्रोत व्यक्ति उमेश साहले हरवाचरवाबाट मुक्ति दिलाउँन जोड दिएका थिए । कार्यक्रममा साहले हरवाचरवाबाट मुक्ति दिलाउँन सिरहामा ५२ दिने १० वटा शिपमुलक र ३ वटा २१ दिने तालिम सँचालनमा ल्याएको बताए । योसँगै सिरहामा ४ सय हरवाचरवाका घरधुरीलाई राहत समेत उपलब्ध गराएको साहले बताए । दलित समाज उत्थान अन्तरगत सिरहाको लहान, धनगढीमाई , वरियारपट्टी, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारीलगायतको स्थानीयतहमा कार्यक्रम संचालन रहेको छ । कार्यक्रममा पत्रकारसँगै दलित समाजका केन्द्रीय सचिव मो.कासिम र हरवाचरवा नेटवर्कका सिरहा अध्यक्ष श्यामसुन्दर सदायको विशेष उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१