ताजा समाचार

नेपाल समस्त हिन्दुकाे प्रतिनिधित्व गर्ने राष्ट्र थियाे : संतश्री राजुदास

  • मंसिर २४, २०७८
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लुम्बिनी, २४ मंसीर । लुम्बिनी सांस्कृतिक नगरपालिकाले वडा न.१ मा श्रीरामजानकी हनुमान मंदिर निर्माणका लागि एक भव्य समाराेहका बीच शिलान्यास कार्यक्रम सम्पन्न गरेकाे छ । शिलान्यास राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष तथा प्रमुख अतिथि गणेश प्रसाद तिमिल्सिनाले गरेका हुन् । एक विगहा एक कट्ठा क्षेत्रफलमा रू. ५ कराेड ४८ लाख ७४ हजार ४९ काे लागतमा संघीय सरकारकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे ६५ प्रतिशत रकम र नगरपालिकाकाे ३५ प्रतिशत रकम सहभागिताकाे लगानीमा साे मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने याेजना रहेकाे बताइएकाे छ ।

यसमा मूख्य रूपमा रामजानकी हनुमान मंदिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै साे स्थानमा माटाे पुर्ने कार्य गरिनेछ । यस कार्यकाे ठेक्का यसै मंसीर महिना १५ गते स्विकार भएर निर्माणका लागि ठेकदार कम्पनीसित सहमति भइसकेकाे नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए । शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पाेखरीबाट जल भरेर शुरू भएकाे कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाइं भगवानपुरमा निर्धारित मन्दिर परिसरमा साे शिलान्यास गरिएकाे हाे । यसका लागि भारतकाे अयाेध्याबाट राम जन्मभूमिकाे पवित्र माटो र सिताराम नामक ईटा समेत ल्याइएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नगरप्रमुख चाैधरीकाे चासाेले बन्न लागेकाे यस मन्दिरले समाजमा शान्ति तथा स्थिरता कायम गर्ने बताए । यसले भारतकाे अयाेध्यासित समेत सम्बन्ध स्थापित गर्नेछ, भने ।

विशेष अतिथि मित्रराष्ट्र भारत अयोध्या हनुमानगढीका पूज्य संतश्री राजू दासले विश्वमै नेपाल हिन्दु देश थियाे, समस्त हिन्दुत्वकाे प्रतिनिधित्व गर्दै थियाे तर जनताकाे चाहना विपरित धर्म निरपेक्ष बनाइयाे । विश्वकै षडयन्त्रकाे तहत हिन्दुत्वकाे पहिचान मेटाउने कार्य भयाे । मेराे आग्रह छ, राष्ट्रिय सभाका अध्यक्ष लगायत समस्त नेपालीजनमा कि नेपाललाइ पुनः हिन्दु देश घाेषित गरियाेस् । विशेष अतिथि हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले भारतले जुन समस्या झेल्दै आएकाे छ, भविश्यमा नेपाल तथा नेपालीले झेल्न नपराेस् भन्दै हिन्दु तथा मुस्लिमबीच आपसी एकता कायम रहिरहनु पर्ने कुरामा जाेड दिए । शिलान्यास कार्यक्रमका अध्यक्षता गरिरहेका लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले अयाेध्याधाम र लुम्बिनीबीच भगिनी सम्बन्ध स्थापित गर्ने याेजना मुताबिक हामी अगाडि बढेका छाैं । गाैतम बुद्ध जन्मेकाे स्थल लुम्बिनी र भगवान श्रीरामचन्द्र जन्मेकाे स्थल अयाेध्याबीच भगिनी सम्बन्ध कायम गरि यस दुबै स्थललाइ सिस्टर सिटि ( Sister city ) काे रूपमा विकास गर्न चाहेका छाैं भने ।

शिलान्यास कार्यक्रम लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीकाे अध्यक्षता, राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाकाे प्रमुख आतित्थ्यतामा सम्पन्न गरिएकाे हाे । कार्यक्रममा मित्रराष्ट्र भारत अयोध्या हनुमानगढिका पूज्य संत श्री राजू दासजी महाराज महन्तको बिशेष आतित्थ्यता, यसै गरि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक माननीय खिमलाल भट्टराईको विशिष्ट आतित्थ्यता, संघीय संसद माननीय डा. सुर्य पाठकको विशिष्ट आतित्थ्यता, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक उपाध्यक्ष गोविन्द सुबेदीको विशिष्ट आतित्थ्यता, हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशिष्ट आतित्थ्यता, भारत उत्तरप्रदेशका धार्मिक महानुभाव लगायत, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र नगरवासीको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤