ताजा समाचार

सिरहामा छात्रवृत्ति सम्बन्धि अनुगमन कार्यक्रम

  • मंसिर २३, २०७८
  • १३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २३, मंसिर । दलित बालवालिकाको शिक्षामा पहुँच अभिवृद्धिका लागि जनवकालत तथा पैरवी अभियान कार्यक्रम अन्तर्गत सिरहामा दुई दिने बिधालय अनुगम कार्यक्रम सम्पन्न भएको छ । लहान नगरपालिका र खुवान्नकारकट्टीका बिधालयहरुमा अनुगमन गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ लहान - ६ सिरहा शाखाका अध्यक्ष मोहन पासवानले जानकारी दिनुभएको छ । सखुवान्नकारकट्टी गाउँपालिकाको मा. बि. महेशवारी , मनेलाल मा.बि. सोठिआईन , आ. बि. महादेवा पोर्ताहा र लहान नगरपालिकाको बस्तिपुर मा. बि. बस्तिपुर , लेखनाथ मा. बि. गोविन्दपुर र जनता आ. बि. बैरिया गुदिगाउँ लगायतका बिधालयहरुमा एक टोलि द्वारा स्थलगत रुपमा अनुगमन गरिएको अध्यक्ष पासवानले बताए । स्थानीय सामुदायिक तथा निजि बिधालयहरुमा दलित बालवालिकाका लागि छुट्याईएको छात्रवृत्ति रकम वितरणको अवस्था प्रभावकारी कार्यन्वनका लागि सम्बन्धि निकाय संग लवि र पैरवी गर्ने उदेश्यले अनुगमन गरिएको थियो ।

बिधालयहरुमा नेपाल सरकारद्वारा दलित बालवालिकाहरुको शिक्षामुखी नीति तथा कार्यक्रमको अनुगमन तथा सार्वजनिकिकरण , सुचना संकलन र उच्चशिक्षामा दलित बालवालिका पहुँच लगायतको अवस्थाहरुको बारेमा समेत अनुगमन गरिएको संस्थाका कार्यक्रम संयोजक बरिसलाल मोचीले बताए । कोविड महामारीको कारण कतिपय विधालयहरुले निश्चित समयमा छात्रवृत्ति वितरण गर्न नसकेको संयुक्त अनुगमन टोलिले निशकर्ष निकालेका थिए । नेपाल सरकारद्वारा कक्षा १ देखि ८ सम्मका दलित छात्र , छात्रा र अन्य छात्रा बिद्यार्थीका लागि प्रतिमहिना ४ सयको दरले पठाईरहेको छात्रवृत्ति नयाँ शैक्षिक सत्र भन्दा पहिले वितरण गरिसक्नु पर्नेमा कोविडका कारण वितरण हुन नसकेको अनुगमनको क्रममा कतिपय बिधालयमा भेटिएको थियो । कतिपय विधालयले कक्षा १० सम्मका बिद्यार्थीलाई पनि मासिक छात्रवृत्ति दिदै आएको पनि देखियो । दलित , गरिब समुदायका बालबालिका अहिले पनि समाजिक र आर्थिक रुपले पछाडि परेकोले शिक्षा क्षेत्रमा उनिहरुको पहुँच वृद्धिका लागि नेपाल सरकारले थप छात्रवृत्तिको कार्यक्रम ल्याउनु पर्ने र छात्रवृत्तिको रकम वृद्धि गर्नुपर्ने अभिभावकहरुले स्थलगत अनुगमनको क्रममा टोलिलाई सुनाए ।

संस्थाका अध्यक्ष मोहन पसवान , नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष रिंकु दास , कार्यक्रम संयोजक बरिसलाल मोची , नागरिक समाजका जगदीश पासवान लगायतको एक टोलिद्वारा, प्रधानाध्यापक , बिद्यार्थी , अभिभावक , समाजका अगुवा लगायत संग उक्त टोलिले प्रत्यक्ष भेटघाट गरेका थिए । नेपाल राष्ट्रिय दलित कल्याण संघले विगत सन् २०१३ देखि निरन्तर रुपले कक्षा १ देखि उच्च शिक्षा मास्टर्स सम्म जिल्ला भरिका छात्राहरुलाई मासिक छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत सेभ द् चिल्ड्रेनको आर्थिक सहयोगमा गरिब, अतिविपन्न , आर्थिक तथा पछाडी परेका समुदाय सिमान्तकृत बालवालिकाका लागि उक्त कार्यक्रम संचालन हुँदै आईरहेको छ । उक्त कार्यक्रम समुदायमा धेरै प्रभावकारी रहेको अभिवावकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤