ताजा समाचार

किसानहरु धान भितृयाउनमा बेस्त: किसान अगुवा यादव

  • मंसिर २१, २०७८
  • १२७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ मंसिर -सिरहाको किसानहरु धान भितृयाउनमा बेस्त देखिएका छन्। तराईमा अधिकांश सिसानहरु ब्यस्त देखिएको छ्।सिरहामा ६०% प्रतिशत किसानले धान भित्रीयाई सकेको कृषि ज्ञान् केन्द्र सिरहाले जानकारी दिनु भयो। किसान अगुवा सरोज कुमार यादवका अनुसार किसानहरु खेती पातीमा ब्यस्त देखिएको उनले बताए। किसानहरुले उत्पादन गरेका उपजको सहि मुल्य निर्धारण गर्न नपाउदा आफू निकै दुखी भएको ठहर गरेका हुन्। अगुवा किसान यादवले जिल्ला समन्वय समिति सिरहाको उप प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका छन्। किसानहरुको हक अधिकारको लागी आफू तत्पर रहेको उनले बिचार व्यक्त गरेका छन्। तराई मधेसका सम्पुर्ण जिल्लाका किसानहरुले दिन प्रतिदिन समस्याबाट ग्रसित हुँदै गरेको अवस्था रहेको छ्।नेपाल कृषि प्रधान देश भए पनि नेपालका किसानहरुको समस्या जौको तौ नै रहेको छ्। किसानहरुले उत्पादन गरेका उपजहरु सहि बजारीकरण हुन् नपाउदा उनले दु:ख व्यक्त गरेका छन्। नेपाल सरकारले दिदै गरेको अनुदान बास्तबिक किसानले पाईरहेको अवस्था छैनन झोले किसानहरुको निकै फस्टाएको अवस्था रहेको छ्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤