प्रदेशस्तरिय महिला क्रिकेटमा बारा र सिरहा बिजय

  • मंसिर २०, २०७८
  • ५९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजबिराज २० मंसिर राजविराज प्रधानमंन्त्री कपका लागि प्रदेश स्तरिय टि- ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे पहिलाे खेलमा बारा र सिरहा बिजय भएका छन। पहिलाे खेलमा सिरहाले सप्तरीलाई ९० रनले पराजित गरेका छ भने बारा ले महाेतरी लाई ८ बिकेट ले पराजित गर्दै बिजय सुरूवात गरेका छन । साेमवार राजबिराज स्थित राजरंगशा खेल मैदानमा पहिलाे खेलमा टस जितेर सिरहा ले निर्धारित १४ अाेभरमा १ बिकेट गुमाएर १ सय २८ रन काे याेगफल खडा गरेका थिए। जसमा सिरहा का अनुराधा चाैधरी ले अविजित ५२ रन अारती चाैधरी ले ५१ रन जाेडेका थिए। बलिँग तर्फ सप्तरीका कुनै खेलाडीले बिकेट हात पार्न सकेन भने एक जना खेलाडी रन अाउट भएका थिए।प्रतिउतरमा सप्तरी ले १२ अाेभरमा सबै बिकेट गुमाएर ३३ रन मै सिमित रहे । जसमा सपना भुजेल ले १७ रन अविजित बाहेक कुनै खेलाडी दाेहाेर अंक पार गर्न सकेन, याे सँगै सिरहा ले ९५ रनले बिजय हात पारेकाे हाे। बिजय टिमका अनुराधा चाैधरीले म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

यसैगरी दाेस्राे खेलमा महाेतरी ले टस जितेर ब्याटिंग गर्दै निर्धारित १२ अाेभरकाे खेलमा ३ बिकेट गुमाई ८२ रनकाे याेगफल खडा गरेका थिए । जसमा गाेमा अाले ४० रन र राेजी खत्री ले १४ रन काे जाेडेका थिए। बलिंग तर्फ बारा का बन्दना गुप्ता २ र निकी कुशवाहा ले १ बिकेट हात पारेका थिए। प्रतिउतरमा बारा ले अन्तिम बलमा अलिसा यादब ले चाैका प्रहार गरेपछि बिजय बिजय सहज भएकाे हाे। यसैगरी बारा का साना प्रविण ले उत्कृष्ठ ब्याटिंग गर्दै ३९ बलमा २८ रन बनाउदै अविजित रहेकी छिन, त्यस्तै अलिसा यादब ले ५ रन अविजित रहेर खेलकी छिन,। बलिंग तर्फ महाेतरी का राेजी खत्री र हेमा पटेल ले १/१ बिकेट हात पारेका थिए । खेलकाे म्यान अफ दि म्याच बिजय टिम का साना प्रविण खेलकाे म्यान अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी गराएकाे छ। साे अवसरमा दुबै खेलका म्यान अफ दि म्याच खेलाडीहरूलाई प्रदेश क्रिकेट सँघ का सचिव अायुष श्रेष्ठ र अन्तराष्ट्रिय खेलाडी महबुव अालम ले कप प्रदान गरेका थिए । भाेलीकाे खेल सिरहा र महाेतरी तथा सर्लाही र बारा बिच हुने अायाेजक ले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१