बैज्ञानिक समाजवादको पक्षमा माओवादी केन्द्र : नेता श्रेष्ठ

  • मंसिर २०, २०७८
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २०, मंसिर । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बैज्ञानिक समाजवादको पक्षमा रहेको पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । आईतवार नेकपा माओवादी केन्द्रको प्रथम गोलवजार नगर सम्मेलनको उदघाटन गर्न प्रमुख अतिथिको रुपमा सिरहा आएका श्रेष्ठले यस्तो बताएका छन् । पुर्व उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत सम्हालीसकेका श्रेष्ठले ,' जनताको संविधानमा प्रदत्त अधिकारलाई प्रत्याभूत गर्न गाँस , बास र कपासको ग्यारेन्टी गर्न एक मात्र पार्टी नेकपा मओवादी केन्द्र भएको दावी गरे । आफुहरुको पार्टी अन्य पार्टी भन्दा फरक रहेको बताउदै , उनले भने 'अग्रगामी , उन्नत र क्रान्तिकारी सिद्धान्त बोकको पार्टी नेकपा माओवादी केन्द्र भएको बताउनु भयो । मजदुर , श्रमजीवी , मधेसी , दलित , गरिव , लगायत सर्वहारावर्ग समुदायको उत्थानका लागि पूंजीवाद राजनीति प्रवृत्तिलाई परास्त गरि समाजवादको सिद्धान्तलाई आगाडी बढाउन जनताले माओवादी केन्द्रलाई मात्र विश्वास गर्नु पर्ने नेता श्रेष्ठले तर्क गरे । जनताको अपेक्षा अनुसार संविधानसभाको प्रथम चुनावमा पहिलो पार्टीको रुपमा स्थापित भईसकेकोले अब हुने तिनै तहको आउने चुनावमा पनि केन्द्र पहिलो पार्टी बन्ने दावी गरेका छन् । कार्यक्रममा नगर प्रमुख देवनाथ साह लगायत पार्टीका बिशिस्ट नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो । बन्द शत्र जारी रहेको नगर सम्मेलनलको नयाँ कमिटी गठन गर्ने बुझिएको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१