पशुपती भोजनालय एंड लजका संचालक रामसागर मण्डलद्धारा पानि र मास्क वितरण

  • मंसिर १७, २०७८
  • ११७३ पटक पढिएको
  • संजय महरा
alt

काठमाण्डौ ÷मंसिर १७ गते,
काठमाण्डौमा अति गरिव, विपन्न तथा सडकपेटिहरुमा वसिरहेको मानिसहरुलाई पानि र मास्क वितरण गरिएको हो । सिरहा जिल्लाका सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर घर भएका रामसागर मण्डलले आज बाला चतुर्दशीको अवसरमा लायन्स क्लवमार्फत पानि र मास्क वितरण कार्य सम्पँँन्न गरिएको हो । समाजसेवि रामसागर मण्डलले विगत २० वर्षभन्दावढी समयदेखी काठमाण्डौमा परिवार सहित वसिरहको छ । समाजसेवी रामसागर मण्डलले आफनो पशुपति भोजनालय एंड लजका संचालक तथा प्रवन्ध निर्देशक समेत रहेको छ ।
 तराईका जिल्लाबाट काठमाण्डौ जाने प्राय मानिसहरुको भरोसाको केन्द्र बिन्दु रहदै आएको रामसागर मण्डल सवैको मनमा रहेको छ । कुनै समस्या परेको समयमा तराईका मानिसहरुले पशुपति भोजनालय एंड लजका संचालकलाई सम्झिने गर्दछ । विदेश जाने वेला होस या विदेशबाट समस्याले काठमाण्डौमा आएकोवेला समस्यालिएर समाजसेवी रामसागर मण्डललाई मानिसहरु भेटेर आफनो समस्या बताउने गर्दछ । काठमाण्डौमा समस्या परेको वेला समाजसेवि मण्डल निःस्वार्थ समस्यालाई समाधान गरिदिनु हुन्छ । होटल व्यवसाय महासंघका अध्यक्ष समेत भईसकेका रामसागर मण्डलले काठमाण्डौमा अपरिचित व्यक्तिबाट मधेशका मानिसहरु ठगिने गरेको वढी सहायतका लागि समाजसेविनिर आफनो उद्धारकालागि आउने गरेको छ । समाजसेवी रामसागर मण्डलले गरिव,असहाय तथा अतिविपन्न लाई सिरहादेखी काठमाण्डौ सम्म सहयोग गरिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस

श्री राजाजी तुलसीलाल ...

रासिन्द्र यादव सप्तरी कात्तिक १४  । सिस्वा/बेलही स्थित श्री राजाजी तुलसीलाल जोन्छे जनता माध्यमि ...

मन्त्री बब्लु गुप्ता ...

लहान, १३ कार्तिक । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले खेलमैदानको जग्गा खोजेर खेलकुदलाई व्यस्थित ग ...

बरियारपट्टीमा ‘RBI G ...

लहान, १३ कात्तिक । रासस सिरहा जिल्ला संवाददाता मुकेश यादवले सिरहाको बरियारपट्टी गाउँपालिका वडा न.३ ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१