अबैध दुईवटा भारतीय ट्रक धनगढीमाई नगरपालिकामा लुकाएको अबस्थामा फेला: सरोकारवाला मौन

  • मंसिर १५, २०७८
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ मंसिर - भन्सार छली गरी नेपाल भित्रीएका अबैध दुईवटा भारतीय ट्रकहरु करिब एक बर्ष देखि सिरहामा लुकिछिपी कमाईखाने भाडोको रुपमा काम गरिरहेका छन् । प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रक भन्सार छलेर नेपाल भित्रिएको रहस्य खुलेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - ९ स्थित मुसहर्निया टोलमा थन्किएर राखिएको RJ19 E1428 र RJ06 EAO889 नम्बर (बोर्डिङ्ग गाड्ने ) दुई वटा ट्रक अहिले बेवारिस अवस्थामा छन् । नगरपालिकाका उपमेयर फुल कुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक थन्किएको छ । काम पाए काम गर्छन् ,नपाए थन्काएर राख्छन् । पत्रकारको एक टोलि स्थलगत रुपमा रिपोर्टिङ्ग गर्न पुग्दा उक्त ठाउँमा कोई भेटिएन । स्थानीयलाई समेत सवारी धनिको नाम थाहा छैन् । नाम नखोल्ने शर्तमा एक जना स्थानीयले भने ट्रकहरुलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संल्गनता रहेको छ , 'सत्य तथ्य छानवीनका लागि प्रहरी प्रशासनलाई अनुरोध गर्न चाहन्छु ।, एक दिनको एउटा ट्रकको भन्सार शुल्क करिब ३ हजार पर्छ , दुई वटा ट्रक रहेकोले दैनिक भन्सार शुल्क ६ हजार पर्ने भएको हुँदा मिलोमतोको आशन्का देखिएको स्थानीयले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१