भारतीय ट्रक सिरहामा घुस लिँदै भन्सार काटे विरगन्जमा, प्रहरी प्रशासनलाई चुनौती

  • मंसिर १४, २०७८
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १४ मंसिर । भन्सार छली गरी नेपाल ल्याएको दूई वटा ट्रक सिरहाको धनगढीमाई नगरपालिकामा फेला परेको छ । भन्सार छली गरी बर्षोदेखि धनगढीमाई ९ मुसहरनियाको एक फुलवारीमा राखिएको छ । भन्सार छलीको ट्रकवारे जिल्ला ट्राफिक कार्यालय लहानलाई जानकारी भएलगतै मंसिर १३ गते दिउँसो १.३० तीर प्रहरीले सो स्थलमा पुगेका थिए । त्यसलगतै भन्सार कार्यालय सिरहा माडरलाई जानकारी भए । माडर भन्सारले एक बर्षभित्र यस्तो ट्रकको भन्सार नकाटेको जानकारी गराए । त्यस लगतै जिल्ला ट्राफिक कार्यालय लहानबाट इन्स्पेक्टर दानबहादुर मिरिँगचिँग त्यस ट्रक भएको स्थलमा पुगे । ट्राफिक इन्स्पेक्टर ४ बजेतीर त्यहाँ पुग्दा भन्सारको कागजात नभएको देखियो । त्यसपछि मंसिर १३ गतेकै मितिमा दिउँसो ५ बजेर १९ मिनेटमा काटिएको रसिदसहित इन्स्पेक्टर मिरिँचिँगलाई थमाएको छ । इन्स्पेक्टर मिरिँचिँगले साँझ ७ बजेतीर पत्रकारलाई सो रसिद इमेल गरेको छ । बर्षोदेखि भन्सार छली गरी राखिएको ट्रकको जाँच पडताल हुँदा विरगन्ज भन्सारले घुस लिएर भन्सार काटिएको स्थानीयको दावी छ । विरगन्ज भन्सार नपुगेका ट्रकको भन्सार कसरी काटियो ? स्थानीयले प्रश्न गरेको छ । भन्सार कार्यालय विरगन्ज सम्पर्कविहीन बनेको छ । उक्त RJ19 E1428 र RJ06 EAO889  नम्बर बोर्डिङ्ग गाड्ने दुई वटा ट्रक राखिएका छन् । प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रकको भन्सार छली भएको रहस्य खुलेको छ । धनगढीमाई नगरपालिकाका उपमेयर फुलकुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक राखिएको छ । नाम नखोल्ने शर्तमा एक जनाले भने उक्त ट्रकलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संलगनता छ , ’त्यसैले सत्य तथ्य छानविनका लागि प्रहरी प्रशासनलाई चुनौती छ ।

प्रतिक्रिया दिनुहोस

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१