भारतीय ट्रक सिरहामा घुस लिँदै भन्सार काटे विरगन्जमा, प्रहरी प्रशासनलाई चुनौती

  • मंसिर १४, २०७८
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १४ मंसिर । भन्सार छली गरी नेपाल ल्याएको दूई वटा ट्रक सिरहाको धनगढीमाई नगरपालिकामा फेला परेको छ । भन्सार छली गरी बर्षोदेखि धनगढीमाई ९ मुसहरनियाको एक फुलवारीमा राखिएको छ । भन्सार छलीको ट्रकवारे जिल्ला ट्राफिक कार्यालय लहानलाई जानकारी भएलगतै मंसिर १३ गते दिउँसो १.३० तीर प्रहरीले सो स्थलमा पुगेका थिए । त्यसलगतै भन्सार कार्यालय सिरहा माडरलाई जानकारी भए । माडर भन्सारले एक बर्षभित्र यस्तो ट्रकको भन्सार नकाटेको जानकारी गराए । त्यस लगतै जिल्ला ट्राफिक कार्यालय लहानबाट इन्स्पेक्टर दानबहादुर मिरिँगचिँग त्यस ट्रक भएको स्थलमा पुगे । ट्राफिक इन्स्पेक्टर ४ बजेतीर त्यहाँ पुग्दा भन्सारको कागजात नभएको देखियो । त्यसपछि मंसिर १३ गतेकै मितिमा दिउँसो ५ बजेर १९ मिनेटमा काटिएको रसिदसहित इन्स्पेक्टर मिरिँचिँगलाई थमाएको छ । इन्स्पेक्टर मिरिँचिँगले साँझ ७ बजेतीर पत्रकारलाई सो रसिद इमेल गरेको छ । बर्षोदेखि भन्सार छली गरी राखिएको ट्रकको जाँच पडताल हुँदा विरगन्ज भन्सारले घुस लिएर भन्सार काटिएको स्थानीयको दावी छ । विरगन्ज भन्सार नपुगेका ट्रकको भन्सार कसरी काटियो ? स्थानीयले प्रश्न गरेको छ । भन्सार कार्यालय विरगन्ज सम्पर्कविहीन बनेको छ । उक्त RJ19 E1428 र RJ06 EAO889  नम्बर बोर्डिङ्ग गाड्ने दुई वटा ट्रक राखिएका छन् । प्रहरी प्रशासन र केही नेताहरुको मिलोमतोमा उक्त ट्रकको भन्सार छली भएको रहस्य खुलेको छ । धनगढीमाई नगरपालिकाका उपमेयर फुलकुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक राखिएको छ । नाम नखोल्ने शर्तमा एक जनाले भने उक्त ट्रकलाई संरक्षण गर्नमा ठूलो पहुँचवालाको संलगनता छ , ’त्यसैले सत्य तथ्य छानविनका लागि प्रहरी प्रशासनलाई चुनौती छ ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१