Siraha Times
ताजा समाचार

सिरहामा हरवा चरवा मंचलाई पुनःताजगि कार्यक्रम सम्पन्न

  • मंसिर ११, २०७८
  • ८८५ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷मंसिर ११ गते,द फ्रिडम फण्डको आर्थिक सहयोगमा राष्ट्रिय दलित नेटवर्कद्धारा संचालित कृषी बधुवा मजदुरको अन्त्यका लागि हलिया र कमैया आन्दोलनसंगको सहकार्यमा सरकारी निति प्रभावित गर्नका लागि हरवाचरवा संगठनहरुको क्षमता सवलीकरण परियोजना  (सवल) परियोजना अन्तरगत सिरहा जिल्लामा जिल्ला हरवा चरवा मंचका पदाधिकारी तथा सदस्यहरुलाई सरकारी तथा निती तथा कार्यक्रम सम्बन्धि पुनःताजगि  अभिमुखीकरण कार्यक्रम सम्मपन्न सिरहाको गोलबजारमा सम्मपन्न भएको हो ।
कार्यक्रममा जिल्ला हरवा चरवा अधिकार मचं सिरहाको अध्यक्ष श्याम सुन्दर सदाको अध्यक्षता रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय हरवा चरवा अधिकार मचं केन्द्रीय कोषाध्यक्ष राजवति देवी मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिले मैनवति प्रज्वलन गरि उद्धघाटन गर्नुभएको थियो ।
पुनःताजगि अभिमुखीकरण कार्यक्रममा दलित जनकल्याण युवा क्लव लहानका अध्यक्ष उमेश विसुन्के ले पनि मन्तव्य राख्नुभएको थियो । अध्यक्ष विसुन्के का अनुसार हरवा चरवाहरुले संगठीत भई आन्दोलनको आधिवेहरी श्रृजना गर्न विलम्ब नर्गन सुझाव समेत दिनुभएको हो ।         कार्यक्रममा अतिथिको रुपमा बोल्दै दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महरा ले हरवा चरवाको आन्दोलनमा हाम्रो संस्थाले सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको हो । कार्यक्रममा भुमीअधिकारकर्मी राजकुमार पासमानले पनि आफनो मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण मणिलाल विश्कर्माले गर्नुभएको हो । कार्यक्रम संचालन राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम फिल्ड अधिकृत संजय महराले गरेको हो ।  

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१