लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान सरावल गाउँपालिकामा आज बाट सुरु

  • मंसिर ९, २०७८
  • ४७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी / मंसिर ९ । आज पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान घरबाटै सुरु गराैं , महिला हिंसा अन्त्य गराैं भन्ने मुल नाराका साथ सुरु भएकाे छ । सरावल गाउँपालिकाकाे आयाेजना तथा समन्वय एवम् स्ट्राेम फाउन्डेसन नेपाल , ए.वि.सि नेपाल नवलपरासी , बेस नेपाल , सुआहारा बेस नेपाल काे सहयोगमा अभियान सुरु गरिएको हाे । सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीक उपप्रमुख अब्दुल रहमान चुरिहारकाे प्रमुख आतिथ्यता एवम् सरावल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अनेन्द्रनाथ रायकाे विशिष्ट आतिथ्यतामा १६ दिने अभियान सुरु भएकाे हाे । अभियान कार्यक्रममा सरावल गाउँपालिकाका याेजना शाखा प्रमुख राजन बस्याल , स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटा ,प्रशासन शाखा प्रमुख देशकान्त बस्याल , गाेबरहिया प्रहरी चाैकीका हवल्दार लाेक बहादुर थापा , पत्रकार सुरेश यादव , महेश यादव , ए. वि.सि. नेपालकि प्रतिनिधि साईदा निशा पठान , सरावल गाउँपालिकाकि कार्यपालिका सदस्य निन्दा धाेबी र बेस नेपालकि राधाकुमारी पंजियार लगाएतकाे उपस्थिति रहेकाे कार्यक्रम सञ्चालिका दुर्गा वि.कले जानकारी दिनुभयाे ।
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१