ताजा समाचार

धनगढीमाईको अस्पतालका लागि १५ बेडको नयाँ भवन बन्ने

  • मंसिर ८, २०७८
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा सिरहा ८, मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - ९ स्थित रहेको नैनपुर अस्पतालका लागि १५ वेडको नयाँ भवन बन्ने भएको छ । ढाई तल्ले भौतिक संरचना निर्माणका लागि नगरपालिकाले हिजो दुईपक्ष बिच अन्तिम सम्झौता गरेको थियो । २०७८ मंसिर ७ गते देखि २ बर्षमा काम सम्पन्न हुनेगरी नगरपालिकाले कठमाण्डौको सिनर्जी सुवेदी कुलेश्वर - १४ लाई १४ करोड १७ लाखमा भ्याट सहित ठेक्का दिएको नगरपालिकाले जनाएको छ । ठेकेदार कम्पनीको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्दै आधिकारिक प्रतिनिधि ईन्जिनियर दिपेन्द्र ठाकुरले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । नगर प्रमुख हरिनारायण चौधरी , प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले , ईन्जिनियर शम्भु यदव लगायतको उपस्थितिमा सम्झौता - पत्र हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सप्तरीको सुरुङ्गामा ...

रहमुल, सप्तरी १२ कार्तिक।  नेपालका सामाजिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका १३ महिल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤