धनगढीमाईको अस्पतालका लागि १५ बेडको नयाँ भवन बन्ने

  • मंसिर ८, २०७८
  • ८०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा सिरहा ८, मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - ९ स्थित रहेको नैनपुर अस्पतालका लागि १५ वेडको नयाँ भवन बन्ने भएको छ । ढाई तल्ले भौतिक संरचना निर्माणका लागि नगरपालिकाले हिजो दुईपक्ष बिच अन्तिम सम्झौता गरेको थियो । २०७८ मंसिर ७ गते देखि २ बर्षमा काम सम्पन्न हुनेगरी नगरपालिकाले कठमाण्डौको सिनर्जी सुवेदी कुलेश्वर - १४ लाई १४ करोड १७ लाखमा भ्याट सहित ठेक्का दिएको नगरपालिकाले जनाएको छ । ठेकेदार कम्पनीको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्दै आधिकारिक प्रतिनिधि ईन्जिनियर दिपेन्द्र ठाकुरले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । नगर प्रमुख हरिनारायण चौधरी , प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले , ईन्जिनियर शम्भु यदव लगायतको उपस्थितिमा सम्झौता - पत्र हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

जनताको आवाज केन्द्रम ...

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा का ...

उत्कृष्ट कार्यको कदर ...

रहमुल, लहान २२ चैत्र । सिरहाको सिरहा नगरपालिका–१५, सुखचैनामा सञ्चालित किसान सेवा केन्द्रले स्थ ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१