ताजा समाचार

कृष्णनगरमा हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध बिरोध प्रर्दशन, मुख्यमंत्री राउतको राजीनामा माग

  • मंसिर २, २०७८
  • ११९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलबस्तु, कृष्णनगर, मंसिर २ कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरु द्वारा प्रदेश २ सरकार बिरुद्ध रैली सहित बिरोध प्रर्दशन गरेका छन। जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ । छठ पर्वको दिन विभिन्न धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध रैली निकालेका हुन् । रैलीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकारविरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुदै कृष्णनगर बाजार परिक्रमा गरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकारी दिए । विरोध सभामा हिन्दु युवा शक्ति कपिलवस्तुका अध्यक्ष ओमकार पाण्डे, महाकाल सामाजिक संस्थाका धर्मराज विश्वकर्मा, हिन्दु युवा शक्ति कृष्णनगर नगर कमिटी अध्यक्ष विकास कुमार चतुर्वेदी सहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤