रौतहट कारागारको शौचालनमा झुण्डिएको अवस्थामा एक कैदीको शव फेला

  • मंसिर १, २०७८
  • ७४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट । गौरस्थित जिल्लाको कारागारको शौचालनमा झुण्डिएको अवस्थामा एक कैदीको शव फेला परेको छ । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेको अस्पताल प्रशासनले जनाएको छ ।२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१