रौतहट । गौरस्थित जिल्लाको कारागारको शौचालनमा झुण्डिएको अवस्थामा एक कैदीको शव फेला परेको छ । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेको अस्पताल प्रशासनले जनाएको छ ।२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved