नवसंग्राम दैनिक । रेडियो सौगात लहान ,२९ कात्तिक । सडक डिभिजन कार्यालय,लहानले व्यापक अनियमिता गर्न थालेको खुलासा भएको छ । सडक मर्मत, सडक कालोपत्रे, कार्यालय संचालनमा समेत अनियमिता गर्न थालेको छ । निर्माण व्यावसायीसँगको मिलोमतोमा टेन्डरमा आवश्यकता बजेटमा कमिशन लिएर कमसल काम गराउँदै आएकोले नागरिक अधिकार मञ्च लहान आपत्ती जनाएको छ । निर्माण व्यावसायीको मिलोमतोमा सडक निामार्णको काम गुणस्तरहीन गर्न थालेपछि नागरिक अधिकार मञ्च आन्दोलन गर्ने तमसिएको छ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित गोलचक्रदेखि उत्तर लामा टोल सम्म ७ सय मिटर लम्बाई र ११ मिटर चोडाई सडक कालोपत्रे कार्यमा डिभिजन कार्यालय लहान र विकास निर्माण सेवा, मिर्चैयाको मिलोमत्तोमा गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ । स्थानीय गोविन्द विष्टका अनुसार सव वेश, ग्राइभेल, बेस र प्राइमकोट लगायतको काम गुणस्तरहीन गरिएको छ । माटो, बालुवा र गेगर मिसिएको ग्रइभेल हुनुपर्ने भएपनि नजिकैको खेतबाट माटोको मात्रा बढी भएको ग्राइभेल लगाएको बताए । उनले केही भागमा गरेको कालोपत्रे पनि कतिपय ठाउँमा उपक्नि थालेको बताए ।
कामको गुणस्तरको विषयमा कुरा उठाउँदा उठाउँदैपनि ठेकेदारले पेलेरै काम गरेको स्थानीयको भनाई छ । ‘हामीले अन्य ठाउँमा भएको सडकको काम जस्तो नदेखिएपछि कुरा उठाउँदा उठाउँदै जवरजस्ती गरे, हामीले रोक्न खोज्यौं तर उनले हाम्रो कुरै सुनेनन्; स्थानीय संतोष साहले गुनासो पोखे । साहका अनुसार ‘सव वेस र वेसमा माटोको मात्रा बढी देखिएकोले हामिले पटक–पटक इनिजिनियर तथा ठेक्केदार कम्पनिलाइ समेत जानकारी गराउदा कुनै टेरपुछ्र नलगाइ माटोमै प्राइम हालेको छ ।’ उनले थपे प्राइम उपकेर माटो धुलो भएको छ त्यसैमाथि कालोपत्रेको काम भईरहेको छ । सडक निर्माण कार्य गुणस्तरहीन भएकोले स्थानियहरुको व्यापक बिरोध पश्चात सडकका साइड इन्जिनियर चन्द्रकान्त चौधरी निर्माण स्थल पुग्दा उनले पनि काम गुणस्तरहीन भएको स्वीकारे । उनले, ‘यो निर्माण कम्पनिको सरासर लापर्वाही हो, राम्रोसँग वेस नगरीएको र प्राइमकोट पनि गुणस्तरिय नभएको भन्दै तत्काल काम रोकि लगाइने बताए । इन्जिनियर चौधरीका अनुसार अनुमति विनानै ठेक्केदारले हतार–हतार पिच गर्ने गरेको छ, यो उसको बदमासी हो । उनले आफू अन्य कार्य व्यस्तकाका कारण यहाँ आईपुग्न सकेका कारण केही त्रुटि भएको भन्दै तत्काल काम अगाडी नबढ्ने बताए ।
सडक डिभिजन कार्यालयले आ.व.२०७७÷०७८ मा उतm सडक निमार्णका लागी ५ करोडको ठेक्का आव्हन गरेको डिभिजन कार्यालयका प्रमुख रामकुमार देवले जनाएको छ । उनले सडक निमार्णका लागि सिरहाको विकास निमार्ण सेवा र जेएन एसको जेभिमा ४५ प्रतिशत विलोमा टेन्डर स्वीकार गरेको जनाए । पाँच करोडको ठेक्का ठेक्केदारले सहजै रुपमा २ करोड १९ लाखमा कवुल गर्नु र कमसल कार्य काम गरेतापनि कार्यालयले निगरानी नगर्नु ‘मिलोमतो’ को गन्ध देखिएको स्थानीयको भनाई छ । डिभिजन कार्यालयको अधिकाशं ठेक्का विकास निमार्ण सेवा मिर्चैयाले नै लिनुले कार्यालय र ठेक्केदार कम्पनीको मिलोमतो रहेको पुष्टि गरेको बताइन्छ । यता ठेक्का पाएका विकास निमार्ण सेवाका प्रोप्राइटर ठेक्केदारले आफुले स्टिमेट अनुसार नै काम गरेको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic