ताजा समाचार

युवा स्वरोजगार तथा चुनौतीहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न

  • कार्तिक २४, २०७८
  • ६२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि दुई दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं १० को सहयोगमा र मोटिवेशन फनेल प्रालिको आयोजनामा कार्यक्रम लालपुरमा सम्पन्न भएको हो । कार्यक्रममा ५० जना भन्दा बढ़ी किशोर किशोरीहरु को उपस्तिथि रहेको कार्यक्रमकी अध्यक्ष तथा शिवराज नगरपालिका वड़ा नं १० की वड़ा अध्यक्ष मन्जु मिश्राले जानकारी दिनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै बिद्यार्थी र अन्य किशोर किशोरीहरु को लागि व्यवसायीक सीप विकास जस्तो लाभ दायक कार्यक्रमको उद्घाटन गर्न पाउंदा खुशी समेत मिश्राले ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई प्रेरणा दिदै यस कार्यक्रमका बिज्ञ डॉ सलीम द्वारा प्रदान गरिने ज्ञान ईमानदारी पुर्बक ग्रहण गर्न समेत सबैमा आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै वड़ा अध्यक्ष मन्जु मिश्राले किशोर किशोरी तथा बिद्यार्थीहरु लाई पढाई लेखई तथा अन्य केहि कुरामा समास्या भए वड़ा कार्यालय तथा मलाई जानकारी गराउन समेत आग्रह गर्नु भएको थियो । २ दिने युवा स्वरोजगार चुनौती तथा अवसरहरु सम्बन्धि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक डॉ सलीमले कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लोसपा लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष रवि दत्त मिश्रा , बिसिस्ट अतिथि लोसपाका जिल्ला सदस्य शिवभगत ठाकुर , यूनी ग्लोबका प्रोग्राम डायरेक्टर आशीष कुमार मिश्रा , सार्क कॉलेजका शिक्षक पवन त्रिपाठी , लोसपाका विद्यार्थी नेता दीपेन्द्र चौधरी , लोसपाका युवा नेता तथा समाजसेवी अरुण मिश्रा , लोसपाका युवानेता आनन्द मिश्रा वड़ा नम्बर १० का वड़ा सदस्य लगायत युवा क्लबका प्रतिनिधिहरु को उपस्तिथि रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤