Siraha Times
ताजा समाचार

बाँतर सरदार जाति हात्ते कला प्रयोगगरि मगन्य आम्दानी

  • कार्तिक २०, २०७८
  • १२४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।कार्तिक-२०गते। सिरहाका वाँतर सरदार जातिको अन्य पेशा बाहेकको दोस्रो पेशा बाँसबाट निर्मित ढकिया टोकरीलाई मानिन्छ ।यसबाट बाँतर समुदायले मगन्य आम्दानी लिई खुसीखुसी जीवनयापन गरिरहेको देखिन्छ । प्रायःजसो हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठको समयमा टोकरीको चलाचल्ती रहेको देखिन्छ। यो टोकरी छठमा सुर्यलाई चढाउने प्रम्परा सदियौदेखि रहि आएको देखिन्छ। अहिले छठको समयमा टोकरीको ठुलासाना गरि ३ सय ४ सयमा बिक्री गरिएको देखिन्छ। आफ्नो कला प्रस्तुत गरि बाँसबाट विभिन्न सामग्री बनाउनु राम्रो पक्ष हो ।

टोकरी बनाउने बाँतर सरदार जातिमात्र नभएर तराई मधेसका अनेकौं जातिहरु छन । तथापि बाँतर सरदारको मुख्य पेशाको रुपमा बाँसबाट निर्मित सामग्री बनाउने हो । खासगरी वाँतर सरदार जातिको हरेक घरमा बाँसे सामग्री बनाउदैन्न। यो जाति हुनु आफैंमा गौरवान्वित अनुभव गरिनु हो। यस जातिलाई न त कुनै संघ ,संस्थाले गर्दैनन् , न त सरकारले । सरकारले यस बाँतर सरदार जातिको आवाज सुने परिवर्तन हुन समय नलाग्ने देखिन्छ । अहिले नेपाली र भारतको विभिन्न भुभागमा यस जातिको बसोबास रहेको देखिन्छ सिराहा , सप्तरी , धनुषा , महोत्तरी , मोरङ्ग आदि ठाउँहरुमा यस जातिको बसोबास रहेको देखिन्छ । सिराहाका लक्ष्मीपुर पतारी गाउँपालिका , सुखीपुर नगरपालिका , धनगडीमाई नगरपालिका छपराडी लगायतका गाउँमा बाँतर सरदारको बसोबास रहेको देखिन्छ ।

यो जाति मुख्यतया आफू मेहनत गरि फल पाउने , गरिखाने जाति बाँतर सरदार जाति हो । केही सरदार दाजुभाइ बिदेशीऐ पनि जातीय युवा समुह लगायत दिदीबहिनी , आईमाईहरुले टोकरीबाट जीविकोपार्जनमा जुटेको देखिन्छ।टोकरी विभिन्न आकारका बनाउने गरिन्छ ठुलो ,सानो ४ सय ठुलो र सानोको २ सय रकम लिने गरिन्छ । सिराहाका बाँतर सरदार जाति सो ढकिया टोकरी सुखिपुर बजारमा बिक्री गर्ने गरिन्छ । आफ्नो कला प्रयोग गरि विभिन्न बाँसे सामग्री बनाई कला प्रस्फुटन गर्नु परिवर्तनको आधार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१