बाँतर सरदार जाति हात्ते कला प्रयोगगरि मगन्य आम्दानी

  • कार्तिक २०, २०७८
  • ९८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।कार्तिक-२०गते। सिरहाका वाँतर सरदार जातिको अन्य पेशा बाहेकको दोस्रो पेशा बाँसबाट निर्मित ढकिया टोकरीलाई मानिन्छ ।यसबाट बाँतर समुदायले मगन्य आम्दानी लिई खुसीखुसी जीवनयापन गरिरहेको देखिन्छ । प्रायःजसो हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठको समयमा टोकरीको चलाचल्ती रहेको देखिन्छ। यो टोकरी छठमा सुर्यलाई चढाउने प्रम्परा सदियौदेखि रहि आएको देखिन्छ। अहिले छठको समयमा टोकरीको ठुलासाना गरि ३ सय ४ सयमा बिक्री गरिएको देखिन्छ। आफ्नो कला प्रस्तुत गरि बाँसबाट विभिन्न सामग्री बनाउनु राम्रो पक्ष हो ।

टोकरी बनाउने बाँतर सरदार जातिमात्र नभएर तराई मधेसका अनेकौं जातिहरु छन । तथापि बाँतर सरदारको मुख्य पेशाको रुपमा बाँसबाट निर्मित सामग्री बनाउने हो । खासगरी वाँतर सरदार जातिको हरेक घरमा बाँसे सामग्री बनाउदैन्न। यो जाति हुनु आफैंमा गौरवान्वित अनुभव गरिनु हो। यस जातिलाई न त कुनै संघ ,संस्थाले गर्दैनन् , न त सरकारले । सरकारले यस बाँतर सरदार जातिको आवाज सुने परिवर्तन हुन समय नलाग्ने देखिन्छ । अहिले नेपाली र भारतको विभिन्न भुभागमा यस जातिको बसोबास रहेको देखिन्छ सिराहा , सप्तरी , धनुषा , महोत्तरी , मोरङ्ग आदि ठाउँहरुमा यस जातिको बसोबास रहेको देखिन्छ । सिराहाका लक्ष्मीपुर पतारी गाउँपालिका , सुखीपुर नगरपालिका , धनगडीमाई नगरपालिका छपराडी लगायतका गाउँमा बाँतर सरदारको बसोबास रहेको देखिन्छ ।

यो जाति मुख्यतया आफू मेहनत गरि फल पाउने , गरिखाने जाति बाँतर सरदार जाति हो । केही सरदार दाजुभाइ बिदेशीऐ पनि जातीय युवा समुह लगायत दिदीबहिनी , आईमाईहरुले टोकरीबाट जीविकोपार्जनमा जुटेको देखिन्छ।टोकरी विभिन्न आकारका बनाउने गरिन्छ ठुलो ,सानो ४ सय ठुलो र सानोको २ सय रकम लिने गरिन्छ । सिराहाका बाँतर सरदार जाति सो ढकिया टोकरी सुखिपुर बजारमा बिक्री गर्ने गरिन्छ । आफ्नो कला प्रयोग गरि विभिन्न बाँसे सामग्री बनाई कला प्रस्फुटन गर्नु परिवर्तनको आधार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

वडा अध्यक्ष अमित ठकु ...

विनोद मण्डल, चैत्र २३ । सिराहा जिल्लाको साबिक विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ को सलहेस डाँडा हु ...

सखुवानन्कारकट्टी गाउ ...

ओम प्रकाश यादव लहान, चैत्र २३ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित मौवाही ...

ईप्रका सिम्रौनगढ बार ...

रंजित चौरसिया,वीरगंज २३ चैत्र । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१