आज शुभ दिपावलीको दिन घर -घरमा माता लक्ष्मीको पूजा तथा स्वगत

  • कार्तिक १८, २०७८
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी / विजयनगर / कपिलवस्तु नेपाल हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसर घर -घरमा आज माता लक्ष्मीको पूजा तथा स्वगतको तैयारी चल्दै छ। आज बिहिवार तिहारको लक्ष्मीपूजाको दिन हो ।नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । आज जनकपुरधाम लगायत विभिन्न बजारमा निकै भिर पनि देखीएका छन्। कत्तिक कृष्ण पक्षको औंशीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंशीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छयो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ । यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुशीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१