Siraha Times
ताजा समाचार

आज शुभ दिपावलीको दिन घर -घरमा माता लक्ष्मीको पूजा तथा स्वगत

  • कार्तिक १८, २०७८
  • ९७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी / विजयनगर / कपिलवस्तु नेपाल हिन्दुहरुको महान पर्व शुभ दिपावलीको अवसर घर -घरमा आज माता लक्ष्मीको पूजा तथा स्वगतको तैयारी चल्दै छ। आज बिहिवार तिहारको लक्ष्मीपूजाको दिन हो ।नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । आज जनकपुरधाम लगायत विभिन्न बजारमा निकै भिर पनि देखीएका छन्। कत्तिक कृष्ण पक्षको औंशीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंशीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छयो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ । भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ । यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुशीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१