डिआईजी गणेश ठाडा मगरको आग्मनसाथ सशस्त्र प्रहरीद्वारा १० करोड बराबरको अवैध मालसमान बरामद

  • कार्तिक १५, २०७८
  • २५२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, १५ कात्तिक । नेपाल र भारतबाट हुने गरेको चोरी पैठारी नियन्त्रणका लागी खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको टोलीले एक महिना नबितिदै करिब १० करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको जनाइएको छ । प्रदेश नम्बर २ मा रहेको पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा र सप्तरी गरी आठवटै जिल्लाहरुबाट एक महिना नबितिदै १० करोड बराबरको मालसमान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको हो । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको प्रमुखको रुपमा डिआईजी गणेश ठाडा मगरको आग्मनसाथ सशस्त्र प्रहरीले बिगतको आर्थिक बर्ष भन्दा यसपालिको आर्थिक बर्ष २०७७÷०७८ मा करिब दोब्बर राजस्व छलिका मालसमान नियन्त्रणमा लिन सफल भएको बताइन्छ । डिआईजी गणेश ठाडा मगरको ठाडो निर्देशनले सीमाबाट हुने अवैध कारोवारहरुमा पक्कैपनि कमी आउने गरेको बिश्वास लिइएको छ । सीमा सुरक्षाको साथ साथै सीमा हुदै हुने गरेको राजस्व छलि नियन्त्रणको निम्ति खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले यस आर्थिक बर्षमा गरेको कार्य सराहनीय रहेको तुलनात्मक विवरणले स्पष्ट पारेको छ ।

यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले आफ्नो कार्यकालमा कुनै किसिमको अवैध क्रियाकलाप गर्ने गिरोहलाई बढावा नदिने बताउनु भएको छ । नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण अवैध तरिकाले आयात निर्यात हुने गरेको कार्यलाई पूर्ण रुपले ठप्प पार्न नसकिने भएपनि आफ्नो प्रयास न्यूनिकरण गर्नमा कुनै कसर बाकी नराखिने डिआईजी मगरले बताए । उनले यस अनलाईन स“ग कुरा गर्दै अगामी दिनमा पनि प्रदेश नम्बर २ का मातहातमा रहेका सशस्त्र प्रहरीले अवैध क्रियाकलाप गर्ने संगठनहरु स“ग कुनै सहकार्य नगरी यस्तै कार्य गरिरहने बिश्वास व्यक्त गर्नुभयो ।

नेपाली नागरिकको हैसियतले सीमा सुरक्षाका साथ साथै अवैध क्रियाकलापलाई न्यूनिकरण गर्नु हामी सबैको दायीत्व रहेको कारण हामी सबै नेपाली नागरिक यसमा बिशेष ध्यान दिनुपर्ने, डिआईजी मगरले बताए । उनका अनुसार सीमा वारी हुने गरेको अवैध कृयाकलापलाई ध्यानमा राखी सबै किसिमको गतिविधिमा कहि कतैबाट त्रुटी देखिए तुरुन्तै स्थानीय सशस्त्र प्रहरी बल नेपाललाई खबर गरेर सहयोग गर्नु हुन अनुरोध समेत गरे । सशस्त्र प्रहरी बल नेपालको प्रमुख जिम्मेवारी सीमा सुरक्षा रहेको कारण यसमा चुक नगर्न आफ्नो मातहातका कर्मचारीलाई निर्देशन समेत दिइएको उनले बताए ।

सीमामा खटिएका सुरक्षाकर्मिहरूले गर्दा नेपाल सरकारको राजस्वमा समेत वृद्धि भएको छ । नेपाल सरकारको लक्ष्य भन्दा यस आर्थिक बर्षको एक महिना नबित्दै करीब ४ अर्ब बढी राजस्व संकलन हुन पुगेको सशस्त्र प्रहरी श्रोतले जनाएको हो । श्रोतले जनाए अनुसार यस आर्थिक बर्षको असोज महिनाको ११ गतेदेखी कातिकको ११ गतेसम्म कुल २० अर्ब बराबरको राजस्व संकलन भएको बताए ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१