ताजा समाचार

सशस्त्र प्रहरी बलको सूचना विभाग एवं ईन्टेलिजेन्ट व्युरोमा कार्यरत हवलदार साहको कोठाबाट तस्करीको कपडा बरामद

  • कार्तिक १३, २०७८
  • ११७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा १३ कात्तिक, सशस्त्र प्रहरी बलको सूचना विभाग एवं ईन्टेलिजेन्ट व्युरोमा कार्यरत एक प्रहरी हवलदारको कोठाबाट तस्करीको कपडा बरामद भएको छ । ईन्टेलिजेन्ट व्युरोमा कार्यरत प्रहरी हवलदार गगनदेव साहले शनिवार एक तस्करबाट दुई साईकल कपडा पक्राउ गरेका थिए । पक्राउ गरेको सो कपडा कार्यालयमा नबुझाई आफ्नै कोठामा राखेका थिए । साहले सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा आफ्नो साठगाठ रहेको हवाला दिदै उनले तस्करसँग बारगेनिङ्ग गरी मासिक लाखौ लाख असुली गरिरहेको समाचार स्रोतको दाबी रहेको छ । समाचार स्रोतका अनुसार सशस्त्र प्रहरी बल बारा प्रहरी उपरिक्षक रुबिन राज कर्णजितको समेत घुमुवा रहेका गगनदेव साहले सेटिङ्ग रहेका तस्करका सामग्रीहरु छोडने गरेको र सेटिङ्ग नगरी सानोतिनो कामहरु गर्ने व्यपारीहरुको सामग्रीहरु पक्राउ गरी कार्यालयमा नबुझाई आफै राख्ने गरेको अर्थात बेंची दिने गरेको जनाईएको छ । शनिवार पक्राउ गरेको सो कपडाहरु प्रहरी हवलदार साहले आफ्नै घरमा राखेको सूचना पाएपछि सशस्त्र प्रहरीको एक टोलीले साहको घरमा छापामारी गर्दा ५० हजार मुल्य बराबरको दुई पोका कपडा बरामद गरेको छ । सो सम्बन्धमा बाराका सशस्त्र प्रहरी उपरिक्षक कर्णजितको मोबाईलमा बारम्बार फोन गर्दा समेत उनको फोन उठन सकेन । यस्ता प्रहरी हवलदारलाई समयमै सशस्त्र प्रहरीको माथिल्लो निकायबाट छानबिन गरी कारवाही नगरे संगठनकै नाम डुबाउने भन्ने पक्का नै रहेको प्रहरी स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤