सशस्त्र प्रहरी बलको सूचना विभाग एवं ईन्टेलिजेन्ट व्युरोमा कार्यरत हवलदार साहको कोठाबाट तस्करीको कपडा बरामद

  • कार्तिक १३, २०७८
  • १०२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा १३ कात्तिक, सशस्त्र प्रहरी बलको सूचना विभाग एवं ईन्टेलिजेन्ट व्युरोमा कार्यरत एक प्रहरी हवलदारको कोठाबाट तस्करीको कपडा बरामद भएको छ । ईन्टेलिजेन्ट व्युरोमा कार्यरत प्रहरी हवलदार गगनदेव साहले शनिवार एक तस्करबाट दुई साईकल कपडा पक्राउ गरेका थिए । पक्राउ गरेको सो कपडा कार्यालयमा नबुझाई आफ्नै कोठामा राखेका थिए । साहले सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा आफ्नो साठगाठ रहेको हवाला दिदै उनले तस्करसँग बारगेनिङ्ग गरी मासिक लाखौ लाख असुली गरिरहेको समाचार स्रोतको दाबी रहेको छ । समाचार स्रोतका अनुसार सशस्त्र प्रहरी बल बारा प्रहरी उपरिक्षक रुबिन राज कर्णजितको समेत घुमुवा रहेका गगनदेव साहले सेटिङ्ग रहेका तस्करका सामग्रीहरु छोडने गरेको र सेटिङ्ग नगरी सानोतिनो कामहरु गर्ने व्यपारीहरुको सामग्रीहरु पक्राउ गरी कार्यालयमा नबुझाई आफै राख्ने गरेको अर्थात बेंची दिने गरेको जनाईएको छ । शनिवार पक्राउ गरेको सो कपडाहरु प्रहरी हवलदार साहले आफ्नै घरमा राखेको सूचना पाएपछि सशस्त्र प्रहरीको एक टोलीले साहको घरमा छापामारी गर्दा ५० हजार मुल्य बराबरको दुई पोका कपडा बरामद गरेको छ । सो सम्बन्धमा बाराका सशस्त्र प्रहरी उपरिक्षक कर्णजितको मोबाईलमा बारम्बार फोन गर्दा समेत उनको फोन उठन सकेन । यस्ता प्रहरी हवलदारलाई समयमै सशस्त्र प्रहरीको माथिल्लो निकायबाट छानबिन गरी कारवाही नगरे संगठनकै नाम डुबाउने भन्ने पक्का नै रहेको प्रहरी स्रोतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको समसेरपुरमा ...

रासिन्द्र यादव सप्तरी कात्तिक २१ सुरुङ्ग नगरपालिका वडा नं. ८ समसेरपुरमा आयोजना गरिएको समा–चकेव ...

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१