लहान - सिराहाको नवराजपुर गाउँपालिका वडा नं: ३ स्थित श्री रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फुलवरीयामा विद्यालय सुधार योजना अध्यावधिक कार्यक्रम गरेको छ। गत विहिवार उक्त कार्यक्रम स्ट्रीट चाईल्ड अफ नेपालको सहयोग र आसमान नेपालको संयुक्त साझेदारी मा संचालित ब्रेकिङ्ग द बण्ड (BTB)/ मार्जिनलाईज नो मोर (MNM) परियोजनाअन्तर्गत सिराहा जिल्लाको नवराजपुर वडा नं:३ स्थित सो विद्यालयमा विद्यालय सुधार योजना अध्यावधिक( SIP) कार्यक्रम गरिएको हो।
उक्त कार्यक्रमको उदेश्य विद्यालयको आफ्नो पहल सरोकारवालाहरु संगको सहकार्य एबम समन्वयबाट शिक्षण सिकाईमा सुधार ल्याउन विद्यालय सुधार योजनाको मुखी उदेश्यको लागि विद्यालयका सरोकारवालाहरुको अर्थपूर्ण सहभागीता कार्यक्रम सप्पन्न गरेको हो। विद्यालय सुधार योजना निर्माण कार्यान्वयन र समिक्षामा विद्यालय व्यवस्थापन समितिको भुमिका निर्णायक रहन्छ। बिधालय व्यवस्थापन समितिको सदस्य सचीवको हैसियत प्र.अले योजना निर्माण कार्यान्वयन अनुगमन तथा समिक्षाका लागि अग्रणी भुमिका निर्वाह गर्नुपर्दछ।सोहि विद्यालयको प्रधानध्यापक शिव नारायण यादव ज्युले कार्यक्रम संचालन गरेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि नवराजपुर गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी यादव रहेको थियो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष यादवले विद्यालयमा सबै किसिमका बिद्यार्थीहरु पढ्छ्न।विद्यालयमा कुनै पनि विद्यार्थीलाई दण्ड दिनु हुदैन विद्यालय समयमा संचालन गर्नुपर्छ र यो कार्यक्रम विद्यालय सुधार योजना अध्यावधिक कार्यक्रम पहिला नै गरेको भए हामी पालिकावाट केहि न केही गर्ने थियौ अहिले पनि केही बितेको छैन अहिले पनि हामी विद्यालयको लागि केही गर्ने प्रयास गर्ने छौ । त्यस्तै आसमान नेपालका जिल्ला संयोजक संजिब कुमार साहले बोल्दै हामिले बिधालयमा गर्नु पर्ने काम सब भन्दा पहिला बिद्यार्थी झिकाउने , टिकाउने ,सिकाउने ,र बिकाउने क्रियाकलाप गर्नु पर्छ।सो कार्यक्रममा सामुदायिक प्रशिक्षक ,राजेन्द्र सदाय ,विद्यालय व्यवस्थापन समिति को अध्यक्ष संजय कुमार यादव लगायत समितिको पदाधिकारीहरु , समाजसेवी तथा बुद्धिजिविहरुको विद्यालयको सबै शिक्षकहरु उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved