Siraha Times
ताजा समाचार

आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

  • कार्तिक ९, २०७८
  • ५२९ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु, कृष्णनगर, कार्तिक ९ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ l

डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. सलमान खान, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथि हरूमा राष्ट्रीय मदरसा संघ नेपालकाउपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायत रहनुभयो l कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष ले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको बताउदै शैक्षिक सामाग्री ले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताए l कार्यक्रममा बोल्दै डा. सलमान खान ले लुम्बिनी प्रदेश मदरसा बोर्डले राम्रो काम गरिरहेको, हामी लाई यो कुरामा सोच्नु पर्नेछ कि मुस्लिम समुदाय शिक्षामा किन पछडिएको छ l

कार्यक्रम मा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफ लाई धन्यवाद दिदै विद्यार्थी हरू पढाईका साथ सथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताए l कार्यक्रममा बोल्दै अबरार मक्कीले मदरसामा समेत शैक्षिक सामाग्री वितरण गरिएको कार्य सराहनीय रहेको बताउनुभयो l कार्यक्रममा बोल्दै अब्दुल रशीद मदनीले म विगत ४८ बर्ष देखि मदरसामा शिक्षा दिइरहेको बताउदै यसबाट मुस्लिम समुदायको बाल बालिका हरू शिक्षा हासिल गरेर अगाडि बढून भन्ने भाव व्यक्त गरे l कार्यक्रममा समापन गर्दै अध्यक्ष डा.मन्जुर खां ले शैक्षिक सामाग्री दिने युनिसेफ लाई विशेष धन्यवाद दिदै कृष्णनगर नगरपालिका विद्यालय निरीक्षक बलराम पन्थी लाई समेत विशेष धन्यवाद दिदै अगामी दिनमा समेत सहयोग र सहकार्य ले निरन्तरता पाओस भन्ने भाव व्यक्त गरे l

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा पहिलो ...

उमेश कुमार साह बोदे बर्साईन । विभिन्न कारणले व्यापार व्यवसाय चल्न नसकिरहेको भन्दै बोदे बर्साईनका व्य ...

भालुवाहीको सदाय बस्त ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा न. ११ भालुवाही मा सरकारले ल्याएको ...

भक्ति र विकासको सङ्ग ...

विनोद अविरल ,​सिराहा, १ जेठ । समयको अन्तरालसँगै जीर्ण बन्दै गएको सिराहाको ऐतिहासिक ‘चैनपुर बजा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१