Siraha Times
ताजा समाचार

सनराइज बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि जरिवाना लिएको खुलासा, सोधपुछ गर्दा ग्राहकमाथि दुव्र्यवहार

  • कार्तिक ८, २०७८
  • ८७४ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह राजविराज, ७ कात्तिक । ऋणीले आफ्नो सम्पूर्ण कर्जा चुक्ता गरि बैंकद्वारा फुकुवापत्र पाइसकेर पनि तीन महिनापछि बैंकले बिना जानकारी सो ऋण वापतको ब्याज र जरिवाना लिएको तथ्यको खुलासा भएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका ५ स्थित मनि किराना पसलका संचालक कृष्णदेव भगतले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि बैंकको सबै ऋण चुक्ता गरिसकेपछि पनि पुन: ब्याज र जरिवाना लिएको जानकारी दिएपछि सो तथ्यको खुलासा भएको हो । पसल संचालक भगतले राजविराजस्थित सनराइज बैंक लिमिटेडमा जग्गा धितो राखी लिएको २ करोड ५० लाख ऋण झण्डै चार महिनाअघि नै चुक्ता गरि गत असार १३ गते फुकुवापत्र समेत पाइसकेको अवस्थामा बैंकले आफूलाई कुनै जानकारी नै नदिई खाताबाट ४ लाख ४७ हजार १ सय ६५ रुँपैया कट्टा गरेको बताए ।

गत असोज ३१ गते आइपिएस ट्रान्सफरविधीमार्फत सिटिजन बैंकबाट २१ लाख ९३ हजार रकम सनराइज बैंकमा रहेको मनि किराना पसलको खातामा जम्मा भएपछि कात्तिक १ गते एक कारोबारीलाई २१ लाख ९२ हजार ५ सयको चेक काटेर दिएको तथा सो चेक वाउन्स भएपछि मात्र आफ्नो खाताबाट रकम कट्टा भएको थाहा पाएको उनको भनाई छ । सो सम्बन्धमा बैंकमा सम्पर्क गर्दा ऋण वापतको ब्याज ४ लाख ४१ हजार ८ सय ३६ र जरिवाना वापत ५ हजार ३ सय २९ गरि ४ लाख ४७ हजार १ सय ६५ रुँपैया काटिएकोप्रति आफू चकित भएको उनले सुनाए । उनले यसबारे सनराइज बैंकका शाखा प्रमुख मुकेश साहलाई कात्तिक १ गते नै फोन सम्पर्क गरि जानकारी लिदा बुझेर भन्छु भन्दै जवाफ दिएको र भोली पल्ट बिदा परेकोले कात्तिक ३ गते पुन: फोन सम्पर्क गर्दा शाखा प्रमुख साहले आफूलाई अभद्र ब्यवहार गरेको उनको आरोप छ ।

पसल संचालक भगतले बैंकको लापरवाहीले आफूले काटेको चेक बाउन्स हुँदा अन्यायमा परेको तथा कारोवारी समक्ष लज्जित हुनु परेको भन्दै सो प्रकरणको छानबिन, आफ्नो रकम फिर्ता र दोषिमाथी कारवाही हुनुपर्ने माग गरेका छन् । यता बैंकका शाखा प्रमुख साहले बचतकर्ता भगतसँग बैंकले कुनै अन्याय नगरेको भन्दै सिस्टममा गडबडीका कारण ब्याज लिन छुट भएको दाबी गरे । उनले भगतमाथी ऋण वापतको ब्याज र जरिवाना गरि बाँकी रहेको रकम खाताबाट कट्टा भएको बताए ।

संचारकर्मीहरुले शाखा प्रमुख साहसँग ऋण, ब्याज र जरिवाना वापतको रकम बाँकी नै रहँदा बैंकले कसरी जग्गा फुकुवा पत्र दियो भन्ने जिज्ञासामा बैंक प्रमुख साहले कम्प्युटर सिस्टमको गडबडीका कारण यस्तो हुन गएको र पछि कम्प्युटरले देखाए अनुसार निजको खाताबाट रकम काटिएको जानकारी दिए । श्रोतका अनुसार यसअघि सनराइज बैंकमा रहेको एक कार्यालयको खातामा जम्मा हुनुपर्ने ७५ लाख रुँपैया जम्मा नभएको देखाएको छ । तर, सो कार्यालयले जम्मा गरेको उक्त रकमको भौचर राखेकोले हाल सो विषयमा दुई कर्मचारीलाई बैंकले निलम्बन गरि छानबिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१