Siraha Times
ताजा समाचार

२ शिक्षकले ४०० विद्यार्थीलाई कक्षा १ देखि ८ सम्म सबै बिषय पढ़ाउदै;स्थानीय सरकारको लगानी शुन्य

  • कार्तिक ६, २०७८
  • ९७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान।कार्तिक६ गते। सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. - ४, बेल्हीको श्री जनता आधारभुत विद्यालयका कक्षा ५, ६, ७ र ८ का विद्यार्थीहरुको संयुक्त निवेदन । यस विद्यालयमा केवल २ ओटा प्रा.वि. दरवन्दि शिक्षकहरु (प्रधानाध्यापक सहित) एक दिनमा ५६ ओटा घण्टीसम्म पढ़ाउछन्। २ ओटा शिक्षिकाहरु वालविकासमा छन्। बलान बिहूलमा यस्ता थुप्रै विद्यालयहरु छन्, जहाँ विद्यार्थीहरुलाई शिक्षक पढाउन होइन, पशुहरु जस्तो रेखदेख गर्न मात्र जान्छन्। २ ओटा शिक्षकले कसरी १ देखि ८ सम्म जम्मा ५६ ओटा कक्षाहरु भ्याउँन सक्छ र? यो विद्यालयको स्थापना वि.सं. २०११ सालमा स्थापना भए सँगै यहाँबाट पढेका विद्यार्थीहरु विश्वको बिभिन्न भागमा ठुलो ठुलो किर्तिमान कायम गरेकाका कुराहरु कसैबाट लुकेको छैन तर दुर्भाग्य बिगत केही बर्षदेखी स्थानीय सरकारलाई विद्यालयको संरक्षणको जिम्मेवारी दिँदा अहिले यस्तो परिस्थिति सृजना भएको छ।

Open photo

बिगत ४ बर्षदेखि यस विद्यालयमा स्थानीय सरकारले एक रूपैयाको पनि लगानी गरेको छैन। राजनितिक कारणले गर्दा लगातार १३० दिन सम्म यस विद्यालयमा तालावन्दि भएको थियो। अहिले यस विद्यालयमा २ ओटा दरवन्दि खाली छ र एउटा राहत दरवन्दि ५ बर्षदेखी खाली छ। अप्पन बेल्ही युवा क्लबले लगातार स्थानीय सरकारलाई ध्यानाकर्षण गर्दा पनि आफुबाट यो काम संभव हुन नसक्ने धारणा राख्नुहुन्छ। यस विद्यालयमा लगभग ४०० ओटा विद्यार्थीहरु अध्यनरत छन्। यस विद्यालयमा ९५% भन्दा बढ़ी विद्यार्थीहरु अति बिप्पन र गरीब रेखामुनि रहेका अभिभावकका बालबालिकाहरु हुन। यस विद्यालयमा खासै कुनै नेता तथा ब्यक्तिले ध्यान दिदैन। बढ़ी अभिभावकहरु अशिक्षित भएको कारण आफ्ना बालबालिकाहरु विद्यालय जान्छन भने त्यहाँबाट केही सिकेर आएको अनुभूति गर्छन्। तर यस विद्यालयमा शिक्षण सिकाई सम्बन्धी क्रियाकलाप लगभग लगभग शून्य देखिन्छ। के विद्यार्थीहरुले निवेदनमा उल्लेख गरेको माँग गलत छ? यसलाई पूरा गर्ने जिम्मेवारी कसको छ? आखिर कति दिनसम्म यी निर्दोष बालबालिकाहरु यसरी आफ्नो आधारभुत अधिकारबाट बंचित रहन्छ? यिनिहरुको भविष् य अंधकारमय गर्ने को? यसको समाधान कसरी निस्किन्छ? भन्ने तर्फ समाजका बुद्धिजीवी अगुवाहरुको अवाज उठिरहेको स्थानीय एक युवकले बताएका छन।

Open photo

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१