ताजा समाचार

हावाहुरी सहितको अविरल वर्षाले पाकेर काटिसकेको धान डूब्यो खेतमै

  • कार्तिक २, २०७८
  • १५३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गोडुवजोत विजयनगर कपिलवस्तुमा धान काटेर खेतमै सुकाएको अवस्थामा परेको अविरल बर्षाले धानबालीमा क्षति गरेको हो भने, पाकेको धानखेतमा बर्षाले डुबान गरेको छ । वेगले आएको हावाहुरीले पाकेको सबैजसो धान ढलाएको छ । ‘शनिबार मात्र धान काटेर खेतमा राखेका थियौ । आज या भोलिमा उठाउने तयारी थियो तर, एक्कासी ठूलो पानी पर्दा खेतमा रहेको धानमा नोक्सान गर्‍यो बनगाईका किसान पुनाराम खनालले गुनासो गर्दै भन्नुभयो ।’ यस वर्ष समयमै वर्षा भएका कारण धान पनि राम्रो थियो । धान भित्राउने समयमा पानी पर्दा नोक्सानी धेरै हुने भयो उहाँले भन्नुभयो । कपिलवस्तु विजयनगरमा ७ धान बर्षाले डुवानमा पारेको सुनाउनुभयो । ‘हावाहुरी सहितको बर्षा आएपछि पाकेको धान सबै ढलेको छ । खेत पोखरीमा परिणत भएको छ ।’ आइतबार देखि जिल्लामा हावाहुरीसहित अविरल बर्षा भैरहेको छ । जसको कारण पाकेर लटरम्म परेको धानबालीमा नराम्रोसंग क्षति गरेको छ । समयमै पर्याप्त वर्षा हँुदा समयमै धान रोप्न पाएर खुसी भएका किसानहरु धानबाली स्याहार्ने बेला तनावमा परेका छन । आइतबार देखि परेको हावाहुरीसहितको बर्षाले कपिलवस्तुमा । आइतबार बेलुका देखि जिल्लामा गएको विद्युत सोमबार अपराह्नपख आएको छ । मौसमविदहरुले अझै केही दिन मौसम यस्तो हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤