Siraha Times
ताजा समाचार

दशैंमा कृष्णनगरले मुर्ति स्थापना नगर्ने , प्रशासन विरुद्ध शान्तिपुर्ण प्रदर्शन गर्ने निर्णय

  • असोज २३, २०७८
  • ७१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अंकुश कुमार श्रीवास्तव कृष्णनगर , असाेज २३ । कृष्णनगरका हिन्दुधर्मावलम्बीले प्रहरीले हस्तक्षेप गर्याे भन्दै दशैंमा बर्षाैंदेखि स्थापना गर्दै आएकाे मुर्ति यसबर्ष नगर्ने निर्णय गरेका छन । बर्षाैदेखि दशैंमा दश दिनसम्म हिन्दुधर्मावालम्बीहरु दुर्गा पुजन र मुर्ति स्थापना गरि साउन्डबाजाका साथ हर्षाेउल्लास गरि मनाउदै आएकाे चांड यसबर्ष प्रशासनद्वारा लगाइएकाे नागरिकता ,ओैला छाप जस्ताे कागजी अवराेधले मुर्ति नै स्थापना नगर्ने निर्णय गरेका छन । विगतबर्षमा कृष्णनगरमा भएका घटनालाई अधार बनाई प्रशासनले दुर्गा पुजनका लागि बनाइएका समिति पदाधिकारीहरुकाे नागरिकता , ओैला छाप बांसकाे कागजमा लेखाइ सही छाप गराइ गर्न भनेपछि विवाद भएर यस बर्ष मुर्ति नै स्थापना नगर्ने सबैसमितिवाला ले सामुहिक निर्णय गरेका छन । प्रशासनले एकतर्फी निर्णय गरि हाम्राे धर्मलाई लक्षित कागजी प्रक्रिया गर्दा धार्मिक स्वतन्त्रतामाथि ठाडाे हस्ताक्षेप गरेकाे भन्दै शान्तिपूर्ण प्रदर्शन समेत गर्ने निर्णय भएकाे समितिका पदाधिकारीहरुले जनाएका छन ।

Open Photoहाम्राे धर्मकाे संरक्षणमा अहिलेसम्म कुनै जनप्रतिनिधि , मानवअधिकार संघसंस्था अगाडि नआएकाले हामी शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेकाे समितिले जनाएकाे छ। अघिल्लो बर्ष कुनै प्रकारकाे अप्रिय घटना नभएकाेले यसबर्षपनि शान्तिपूर्ण हुने दशैंमा प्रहरी प्रशासनकाे स्व:इच्छाचारी निर्णयले समाजमा झन द्वेष बढ्ने देखिन्छ जसले नगरपालिकामात्र नभई सम्पूर्ण हिन्दुधर्मावलम्बीमा प्रहरीप्रतिकाे विस्वास घटने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताउनुभयाे । पछिल्ला घटनालाई नै आधार मान्नुभन्दा कृष्णनगरलाई बदनाम गराउने तत्वहरुलाई पहिचान गरि शान्ति सुरक्षामा खटि समाजिक सुधार गर्ने याेजना ल्यांउदा बेस हुने नगरप्रमुख शाहकाे बुझाइ छ । साे सम्बन्धमा प्रहरी निरिक्षक सुकदेव पाैडेलले जिल्ला सुरक्षा समितिकाे निर्णय बामाेजिम हामी अगाडि बढ्ने र शान्ति सुरक्षाका निम्ति कागजी प्रक्रिया अगाडि बढाए कै कुरा स्विकार गर्नुभएकाे छ। । कृष्णनगर बजारमा भएका पुर्व घटना कै कारण समितिहरुसंग साे व्याेहाेरा माग गरिएकाे निरिक्षक पाैडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१